काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् ।
जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अनधिकृत जग्गा खाली गर्न अपिल गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको पत्रानुसार पनौती नगरपालिकाले रोशी, पुण्यमाता, लिलावती, बाँसडोललगायत खोला नदीछेउका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका व्यक्तिहरूको सूचना प्रकाशन गरी १५ दिनभित्र आ–आफ्ना सामान सुरक्षित गरी उक्त क्षेत्र खाली गर्न सूचना गरेको छ ।
यस्तै, अतिक्रमित बसोबासीले तोकिएको समयसीमाभित्र खाली नगरेमा नेपाल सरकारको नीति तथा आदेशअनुसार हटाइने जनाइएको छ । यद्यपि, सूचनाअनुसार सात दिनभित्र तत् परिवारले वडा कार्यालयमा सूचित गर्न अपिल गरिएको छ ।
यसैगरी, मण्डनदेउपुरले पनि स्थानीय प्रशासनको पत्रानुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणअनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका परिवारको अद्यावधिक विवरण पठाउन वडा कार्यालयलाई अनुरोध गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित भएको भएमा उक्त जग्गा खाली गराउन पनि आवश्यक सूचना जारी गरी नगर कार्यालयलाई जानकारी गराउन वडा कार्यालयलाई आदेशअनुसार पत्राचार गरिएको हो ।
यसैगरी, भुम्लु गाउँपालिकाले पनि बुधबारदेखि चाखोलादेखि दोलालघाट बजार क्षेत्रमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका संरचनाको नाप जाँच सुरु गरेको छ । गाउँपालिकाले सरकारी सार्वजनिक जग्गा छुट्याउन उक्त प्रक्रिया थालेको जनाएको छ ।
यसैबीच, भूमि समस्या समाधान आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकले वैशाख तेस्रो सातासम्म तयार गरेको विवरणअनुसार काभ्रेपलान्चोकमा पाँच हजार ८५६ जनाले ‘भूमिहीन’का रूपमा आवेदन दर्ता गराएका छन् । जसमा अव्यवस्थित बसोबासी पाँच हजार सात, भूमिहीन सुकुमवासी छ सय ६९ घरपरिवार र भूमिहीन दलित एक सय ८० परिवार रहेको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा कम भूमिहीन बेथान्चोक गाउँपालिकामा रहेका छन् । बेथानचोकमा चार घरपरिवार मात्रै अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै, चौरीदेउरालीमा १०, महाभारतमा ११ र भुम्लु गाउँपालिकामा १५ परिवार अव्यवस्थित बसोबासी छन् ।भने तेमाल गाउँपालिमा २० परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।
यसैगरी, सबैभन्दा धेरै मण्डनदेउपुरमा दुई हजार २३३ परिवार भूमिहीन छन् । नगरमा दुई हजार १२७ परिवार अव्यवस्थित बसोबासी छन् भने ६५ परिवार सुकुमबासी, ४१ परिवार भूमिहीन दलित छन् । बनेपा नगरमा दुई सयमध्ये ९७ परिवार अव्यवस्थित बसोबासी छन् भने धुलिखेलमा आठ सय १३ परिवार सोही प्रकृतिका छन् । जसमध्ये छ सय ८८ परिवार अव्यवस्थित छन् भने एक सय छ परिवार सुकुमवासी र १९ दलित परिवार भूमिहीन छन् ।
पाँचखालमा छ सय ९० परिवारले पुर्जा नभएको भन्दै आवेदन दिएका छन् । नमोबुद्धमा एक हजार ६५, पनौतीमा एक सय ६६, रोशीमा एक सय ६३ र खानीखोलामा चार सय ६६ घर परिवारसँग पुर्जा नभएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - ०८:२१
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...
बैशाख २४ गते, २०८३ - ०८:१२
काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...
बैशाख २४ गते, २०८३ - ०८:०४
काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...
बैशाख २४ गते, २०८३ - ०८:०३
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...
बैशाख २४ गते, २०८३ - ०८:०१
इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...
बैशाख २४ गते, २०८३ - ०७:३२
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन्...
बैशाख २४ गते, २०८३ - ०७:२९
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले सूचना जार...
बैशाख २४ गते, २०८३ - ०७:२७
चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । ती...
बैशाख २४ गते, २०८३ - ०७:०७
सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । क...
बैशाख २४ गते, २०८३ - ०७:०३
काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी...


प्रतिकृया लेख्नुहोस्: