काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्ने तयारी गरेको छ। एसईईको नतिजा छिट्टै प्रकाशित भएपछि कक्षा ११ को शैक्षिक सत्र पनि समयमै सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार कक्षा ११ सञ्चालन गर्ने सम्बन्धी कार्ययोजना तयार भइसकेको छ। उनले भने, “असार १ देखि कक्षा सुरु गर्ने तयारी छ। फाइल तयार भएको छ, केही दिनमा औपचारिक निर्णय हुन्छ।”
यस वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा २९ दिनमै प्रकाशित गरिएको थियो। २८ वैशाखमा नतिजा सार्वजनिक भएपछि विद्यालयहरूले विद्यार्थी भर्ना प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेका छन्।
शैक्षिक सत्र ढिला नहोस् र विद्यार्थीको सिकाइ निरन्तर रूपमा अघि बढोस् भन्ने उद्देश्यले कक्षा ११ छिट्टै सञ्चालन गर्न लागिएको हो। यसका लागि सामुदायिक तथा निजी विद्यालयहरूले पनि असार १ देखि कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन्।
यस वर्ष शैक्षिक सत्र १५ वैशाखबाट सुरु भए पनि समय व्यवस्थापनका लागि सरकार नयाँ योजना लागू गर्ने तयारीमा छ। सो योजनाअनुसार हिउँदे तथा वर्षे बिदा घटाउने र शुक्रबार पनि पूर्ण समय पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न लागिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८३ - १८:२५
काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आ...
जेष्ठ ६ गते, २०८३ - १६:५९
काठमाडौँ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रह...
जेष्ठ ६ गते, २०८३ - १६:४९
काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दि...
जेष्ठ ६ गते, २०८३ - १६:३१
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। सङ्घीय संसद् ...
जेष्ठ ६ गते, २०८३ - १५:५९
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री बालेन शाह ले संसद् बैठकलाई कहिले सम्बोधन...
जेष्ठ ६ गते, २०८३ - १५:५१
सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएको छन् । सुनस...
जेष्ठ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वक...
जेष्ठ ६ गते, २०८३ - १५:२४
काठमाडौं । अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.०८ अंक अर्था...
जेष्ठ ६ गते, २०८३ - १५:१२
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन ...
जेष्ठ ६ गते, २०८३ - १४:५४
काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र रहेको प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण य...



प्रतिकृया लेख्नुहोस्: