Khabar Dabali ९ जेष्ठ २०८३ शनिबार | 23rd May, 2026 Sat
Investment bank

छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्चको आदेश

खबरडबली संवाददाता

ताप्लेजुङ। निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । दल त्याग गरेका आधारमा पदमुक्त गरिएको लामाको पद यथास्थितिमा राख्न सर्बोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो ।

डेढ साताअघि अर्थात गत वैशाख ३१ गते आयोगले सार्वजनिक सूचना जारी गर्दै दल त्याग गरेका कारण जिल्ला समन्वय समिति प्रमुख लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध लामाले सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेको थिए।

लामाको रिट निवेदनमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय संविधान अनुकूल नदेखिएको भन्दै सर्वोच्च अदालतले लामाको पद यथास्थितिमा राख्न र आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । लामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट लामा जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएको थिए। पछिल्लोपटक उहाँ दल ग्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भण्डारा–मलेखु सडक : १७ वर्षमा साढे २५ किलोमिटर मात्र कालोपत्रे

चितवन। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । चितवनबाट राजधानी काठमाडौं...

छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्चको आदेश

ताप्लेजुङ। निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश ...

नेपालले अमेरिकालाई १२२ रनले हरायो

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत  शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ ...

मधेशका मुख्यमन्त्री कृष्ण यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहर...

रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाइयो ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिन आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...

संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उ...

हुलाकमार्फत २१० जनालाई राहदानी

गुल्मी। गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, ग...

नेपाली चिया निर्यातको अवरोध हट्यो: परराष्ट्र मन्त्रालय

काठमाडौँ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending