सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ ।
चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भएका २५ वर्षीय प्रकाश गुरुङको बुद्ध हिमाल क्षेत्रबाट घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
यार्सा गुम्बा संकलनको लागि दाजु भाई संग केहि दिन अघि उच्च हिमाली क्षेत्रमा गएका रहेछन्, वडा सदस्य बिकास गुरुङले भने, ‘यार्सागुम्बा संकलन पछि घर फर्कने क्रममा शनिबार सम्पर्क बिहिन भएपछि आफन्तहरुले खोजीकार्य गर्दा शनिबार बिहान ४ बजे ग्यालसियर क्षेत्रमा शब फेला परेको उनले बताए।’
एउटै घरको चार दाजुभाई यार्सागुम्बा संकलन गरेर फर्कदै गर्दा मृतक प्रकाश गुरुङ अघि अघि हिडेको तर बास बस्ने ठाउँमा नपुगेपछि खोजी सुरु गरी अन्धाकार र कठिन हिमाली भुगोलका बीच खोजी गर्दा ग्यासियर नजिकै भीरबाट लडेको अबस्थामा भेटिएको हो ।
मृतक प्रकाशको शब शनिबार गाउँमा ल्याइएकाले गुरुङ समुदायको पराम्परा अनुसार दाहसंस्कार गरिने गरिएको स्थानियले बताएका छन् । उच्च हिमाली क्षेत्रमा यार्सा गुम्बा संकलन क्रममा हरेक बर्ष जोखिमपुर्ण दुर्घटना हुने गरेका छन् ।
कठिन भुगोल, असुरक्षित बाटो र प्रतिकुल मौसमका कारण स्थानिय युबाले ज्यान गुमाउने घट्ना दोहोरिदाँ सुरक्षित ब्याबस्थापनको आबश्यकता महसुस गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...
श्रावण ११ गते, २०८३ - १४:४०
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...
श्रावण ११ गते, २०८३ - १४:२६
विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...
श्रावण ११ गते, २०८३ - १४:००
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...
श्रावण ११ गते, २०८३ - १३:४५
इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...
श्रावण ११ गते, २०८३ - १३:३१
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १३:०२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...



प्रतिकृया लेख्नुहोस्: