Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

स्वामी विवेकानन्द सरस्वतीको निधन

खबरडबली संवाददाता

काठमाडौँ। वैदिक सनातन परम्परा, संस्कृत शिक्षा र अध्यात्म चेतनाका अग्रदूतका रूपमा परिचित महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजको निधन भएको छ ।

लामो समयदेखि अध्यात्म, धर्मप्रचार, गुरुकुल शिक्षा र वेदान्त प्रवचनमार्फत हजारौँ श्रद्धालु र विद्यार्थीलाई मार्गदर्शन गर्दै आएका उनको शनिबार साँझ बुटवल नयाँमिलस्थित आश्रममा निधन भएको हो । उनी अर्बुद रोगबाट पीडित थिए।

२०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा जन्मिनुभएका उनको बाल्यकालीन नाम खेमराज गैरे थियो । सानैदेखि वैराग्य र साधनाप्रति झुकाव राख्ने उनले सांसारिक जीवनभन्दा अध्यात्मको मार्ग रोजे। 

पारिवारिक जीवनमा बाँध्ने प्रयास भए पनि उनको मन साधुसन्तको सान्निध्य र तपस्यामै केन्द्रित रह्यो । पछि घर छाडेर साधनायात्रामा निस्कएका उनले स्वर्गद्वारी परम्पराका झ्याम्पाली महाराज, योगसिद्ध छविलाल गुरु तथा स्वामी परमानन्द सरस्वतीजस्ता महापुरुषहरूको सान्निध्य प्राप्त गरे।

स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएपछि उहाँ “खिमानन्द ब्रह्मचारी”का रूपमा परिचित भए भने पछि स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यास दीक्षा ग्रहण गरी “स्वामी विवेकानन्द सरस्वती” नामले प्रसिद्ध भए। 

वृन्दावन र हरिद्वारमा रहेर उनले वेदान्त, भागवत तथा संस्कृत शास्त्रको गहिरो अध्ययन गरेको थिए । वृन्दावनमा रहँदा उनले विश्वप्रसिद्ध वेदान्ताचार्य स्वामी अखण्डानन्द सरस्वतीको सान्निध्य प्राप्त गरेको थिए । उनले धर्मप्रचारसँगै शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएको छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending