काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन २१ बुँदे निर्देशन जारी गरेका छन्।
आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो तथा गुणस्तरीय न्यायको अपेक्षा राखेकाले न्यायालयप्रतिको जनविश्वास कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारितासाथ काम गर्न उनले आग्रह गरेका छन्।
प्रधानन्यायाधीश शर्माले सुशासन प्रवर्द्धनमा राज्यका सबै निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सूचना प्रविधिको प्रयोगमार्फत न्याय प्रशासनलाई छिटो, सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
निर्देशनमा न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा सङ्कट व्यवस्थापन कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै न्यायप्रतिको जनआस्था अभिवृद्धि गर्नुपर्ने उल्लेख छ। साथै, बक्यौता मुद्दा न्यूनीकरण, मुद्दा व्यवस्थापन सुधार, पेशी तथा इजलास सञ्चालनलाई व्यवस्थित बनाउने, विकृति–विसङ्गति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउने, नागरिक बडापत्र र सूचना कक्षलाई सेवाग्राहीमैत्री बनाउने, म्याद तामेली व्यवस्थापन सुधार गर्ने तथा सूचना प्रविधिको प्रयोग विस्तार गर्न पनि निर्देशन दिइएको छ।
निर्देशनमा अनलाइन बहस, भिडियो कन्फरेन्सिङ, लाइभ स्ट्रिमिङ, स्वचालित पेशी तथा तारेख प्रणालीको प्रयोगलाई संस्थागत गर्नुपर्ने, फैसला लेखन तथा कार्यान्वयनलाई तीव्रता दिनुपर्ने र न्यायिक प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रधानन्यायाधीश शर्माले पीडितमैत्री न्याय, क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्न, मेलमिलाप र वैकल्पिक विवाद समाधानका उपायलाई प्रभावकारी बनाउन तथा न्यायमा नागरिकको पहुँच विस्तार गर्न विशेष ध्यान दिन आग्रह गरेका छन्।
यस्तै, बयान, बकपत्र र प्रमाण परीक्षण प्रक्रियामा न्यायाधीशको प्रत्यक्ष निगरानी, वित्तीय अनुशासन, पारदर्शी बजेट खर्च, न्यायाधीश तथा कर्मचारीको आचरण, उपस्थिति, सुरक्षा र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिमा विशेष ध्यान दिनसमेत निर्देशन दिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - ०९:००
काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...
जेष्ठ १९ गते, २०८३ - ०८:५६
पोखरा । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन...
जेष्ठ १९ गते, २०८३ - ०८:४६
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...
जेष्ठ १९ गते, २०८३ - ०८:३७
काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...
जेष्ठ १९ गते, २०८३ - ०८:३४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...
जेष्ठ १९ गते, २०८३ - ०८:२९
काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...
जेष्ठ १९ गते, २०८३ - ०८:२६
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...
जेष्ठ १९ गते, २०८३ - ०८:०५
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...
जेष्ठ १९ गते, २०८३ - ०७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
जेष्ठ १९ गते, २०८३ - ०७:५४
काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...



प्रतिकृया लेख्नुहोस्: