काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त टोलीले फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना चोरी मुद्दा, एक जना अभद्र व्यवहार, एक जना लागुऔषध र एक जना वैदेशिक रोजगारीसम्बन्धी कसुर मुद्दाका प्रतिवादी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार अभद्र व्यवहार मुद्दामा २६ दिन कैद सजाय तोकिएका बनेपा–८ का २२ वर्षीय सुरज काफ्ले, चोरी मुद्दामा ५ महिना ५ दिन कैद सजाय पाएका बनेपा–११ का ३३ वर्षीय रुपक अधिकारी, वैदेशिक रोजगार कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका चौतारा साँगाचोकगढी–९ घर भई हाल काठमाडौं बस्दै आएका २७ वर्षीय रमेश श्रेष्ठ पक्राउ परेका छन्।
त्यस्तै, लागुऔषध मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकिएका नमोबुद्ध–६ का २६ वर्षीय इन्द्रलाल तामाङ (अनिल तामाङ), चोरी मुद्दामै ५ महिना ३ दिन कैद सजाय तोकिएका बनेपा–८ का ३७ वर्षीय विवस मानन्धर तथा ललितपुर महानगरपालिका–२० घर भई हाल बनेपा–८ बस्दै आएका ३६ वर्षीय साजन शाक्यलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल ३ वर्ष ६ महिना ७ दिन कैद सजाय तथा ८ लाख १२ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - ०९:००
काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...
जेष्ठ १९ गते, २०८३ - ०८:५६
पोखरा । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन...
जेष्ठ १९ गते, २०८३ - ०८:४६
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...
जेष्ठ १९ गते, २०८३ - ०८:३७
काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...
जेष्ठ १९ गते, २०८३ - ०८:३४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...
जेष्ठ १९ गते, २०८३ - ०८:२९
काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...
जेष्ठ १९ गते, २०८३ - ०८:२६
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...
जेष्ठ १९ गते, २०८३ - ०८:०५
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...
जेष्ठ १९ गते, २०८३ - ०७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
जेष्ठ १९ गते, २०८३ - ०७:५४
काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...



प्रतिकृया लेख्नुहोस्: