काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद तथा ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले गत जेठ ४ गते कुशवाहालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गरेको थियो। सोही मुद्दामा बुधबार सजाय निर्धारण गर्दै अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो।
अदालतका अनुसार कुशवाहाले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत ३८ लाख ५० हजार १३९ रुपैयाँ प्राप्त गरेको पुष्टि भएको छ। उक्त रकमलाई भ्रष्टाचारको विगो कायम गर्दै सोही बराबरको जरिवाना गरिएको अदालतले जनाएको छ।
फैसलाअनुसार वारदातको समयमा उनी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य थिए। सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय पनि सुनाएको छ।
विशेष अदालतले घुसस्वरूप प्राप्त सम्पूर्ण रकम जफत गरी असुलउपर गर्न आदेश दिएको छ। साथै अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसन लिएको आरोपमा कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले आरोप पुष्टि भएपछि उनलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...
आषाढ़ ४ गते, २०८३ - ०६:५१
म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...
आषाढ़ ४ गते, २०८३ - ०६:४२
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...
आषाढ़ ४ गते, २०८३ - ०६:३८
झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...
आषाढ़ ४ गते, २०८३ - ०६:३६
धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...
आषाढ़ ४ गते, २०८३ - ०६:२९
काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेश...
आषाढ़ ३ गते, २०८३ - २१:२१
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...
आषाढ़ ३ गते, २०८३ - २१:१८
काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुआती चरणमै विश्व फुटबलका तीन ठूला स्टारले आफ्नो प्रभाव देखाइसकेका छन्। लियोनल मेसी, किलियन एम्बाप्पे र एर्लिङ हालाण...
आषाढ़ ३ गते, २०८३ - २०:५५
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै देशभरका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। सरकार भने गोदाममा पर्याप्त मौज्दात रहेको र मलको अभाव...



प्रतिकृया लेख्नुहोस्: