काठमाडौँ । सम्बन्धित निकायका सरकारी अधिकारी तथा मौसम विषयका जानकारहरूले ‘लु’ को जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी आवश्यक रहेकामा जोड दिए।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ (आईएफआरसी) ले अत्यधिक गर्मी जोखिम न्यूनीकरण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यसका लागि तीनै तहका सरकार र साझेदारी निकायबीच सहकार्य तथा समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।
गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले ‘लु’ को जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना स्वीकृत गरी लागू गरिसकेको बताए। साथै उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अत्यधिक जोखिममा रहेका र धेरै जनसङ्ख्या भएका सम्भावित जोखिम भएका जिल्लामा सन्देश प्रवाह भइरहेको उल्लेख गरे।
यस प्रक्रियामा गृह मन्त्रालयले ‘लु’ बाट प्रभावित हुने क्षेत्रका नागरिकहरूको तत्काल जीवन रक्षा गर्न, उनीहरूलाई सचेत गराउन र यसको प्रभावलाई न्यूनीकरण गर्न आवश्यक कार्य र समन्वय गरिरहेको जानकारी गराए।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले तापक्रम मात्र नभई हावा, आद्र्रता जस्ता विभिन्न आयामलाई ध्यानमा राखेर गर्मी सम्बन्धी जोखिमहरूको मूल्याङ्कन गर्न आवश्यक रहेकामा जोड दिए।
यसवर्ष औसतभन्दा कम वर्षा हुने सम्भावना देखिएको जानकारी गराउँदै उहाँले यसको आधारमा गर्मी लहर तथा अत्यधिक गर्मीका दिनहरू बढ्न सक्ने अनुमान गरिएको बारेमा आफूहरूले निरन्तर निगरानी गरिरहेका उल्लेख गरे। प्रमाण र तथ्यमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्दै समयमै सही निर्णय लिन सकिने वातावरण निर्माण सबैको प्रमुख लक्ष्य हुनुपर्ने उनको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - २१:३३
काठमाडाैँ। पूर्वी अफगानिस्तानको परवान प्रान्तमा मंगलबार भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर रूपमा घाइते भएका छ...
जेष्ठ १९ गते, २०८३ - २१:३२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले पार्टीका महामन्त्री धवल शमशेर राणा लाई पार्टी छाड्ने निर्णय फिर्ता ल...
जेष्ठ १९ गते, २०८३ - २१:३०
काठमाडौँ । सम्बन्धित निकायका सरकारी अधिकारी तथा मौसम विषयका जानकारहरूले ‘लु’ को जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी आवश्यक रहेकामा जोड दिए। अन्तर्राष्...
जेष्ठ १९ गते, २०८३ - २१:२७
बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१०, राङखानी हाडीकोटमा मजदु...
जेष्ठ १९ गते, २०८३ - २१:२२
काठमाडौं । नेपाल–भारत सम्बन्धमा पछिल्ला दिनहरूमा देखिएको असहजताबीच मंगलबार नयाँदिल्लीमा देखिएका दुई घटनाले काठमाडौंको राजनीति र कूटनीतिमा नयाँ बहस सुर...
जेष्ठ १९ गते, २०८३ - २०:०२
काठमाडौं । सन् २०२६ को सुरुआतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वलेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै नेपालप्रति अन...
जेष्ठ १९ गते, २०८३ - १९:५९
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा ...
जेष्ठ १९ गते, २०८३ - १९:५५
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक ब...
जेष्ठ १९ गते, २०८३ - १९:५४
काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनि...
जेष्ठ १९ गते, २०८३ - १९:५१
काठमाडौं । नेकपा एमालेले बल्खुस्थित आफ्नै स्वामित्वको ९ रोपनी जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। महासचिव शं...



प्रतिकृया लेख्नुहोस्: