काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ।
अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंकले बढेको बजार सोमबार पनि सकारात्मक रहँदा लगातार दुई कारोबार दिनमै नेप्से १२० अंकभन्दा बढीले उकालो लागेको हो। सोमबारको नेप्से अंक करिब एक महिनायताकै उच्च हो। यसअघि गत जेठ २९ गते नेप्से २७२४ अंकमा पुगेको थियो।
सोमबार दिनभरजसो बजार हरियो देखिएको थियो। कारोबार बन्द हुँदा कायम भएको नेप्से अंक नै दिनभरकै उच्च बिन्दु बनेको छ। योसँगै बजार लगातार पाँचौं कारोबार दिन पनि बढेको छ।
कारोबार रकममा समेत सुधार देखिएको छ। आइतबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार कारोबार रकम बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
सोमबार २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी ३.२१ प्रतिशतले बढेको छ। त्यस्तै अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् समूह २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, लगानी १.५५ प्रतिशत, व्यापार १.१४ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत, माइक्रोफाइनान्स ०.३७ प्रतिशत र बैंकिङ समूह ०.५५ प्रतिशतले वृद्धि भएका छन्।
नयाँ सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यस्तै रिजलाइन इनर्जीको १३.९५ प्रतिशत, श्रीनगर एग्रिटेकको १०.९५ प्रतिशत, सोलु हाइड्रोपावरको ९.९३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ८.६२ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ८.६१ प्रतिशत र शिखर पावरको ७.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ।
अर्कोतर्फ आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ६.८५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्सलगायत कम्पनी अगाडि रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: