काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिंह ऐरी, प्रकाश सन्जेललगायत रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुरमा राखेको छ।
त्रिवि स्ववियु सभापति दीपकराज जोशीका अनुसार वार्षिक दिवसको कार्यक्रमस्थलमा प्रवेश गर्न खोजेका विद्यार्थीलाई प्रहरीले रोकेको र त्यसपछि नियन्त्रणमा लिएको हो।
‘विश्वविद्यालयले कार्यक्रमस्थलमा प्रवेश गर्न निषेध गर्यो। विश्वविद्यालयका लागि न्यून बजेट विनियोजन गरिएको विषयमा हामीले विरोध गर्न खोजेका थियौं। सहकुलपति समेत रहेका शिक्षामन्त्री सहभागी हुने कार्यक्रममा विद्यार्थीलाई प्रवेश गर्न नदिनु आपत्तिजनक छ,’ जोशीले भने।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा ‘नेपो बेबी मुर्दावाद’ लगायतका नाराबाजी गरिएको थियो। प्रहरीले कार्यक्रमस्थलबाहिर प्रदर्शन गरिरहेका विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: