काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा बिहीबार उनीहरूको बयान भइरहेको हो।
उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शङ्करलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध गत जेठ २८ गते बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो।
उच्च सरकारी वकिल कार्यालयले बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
अभियोगपत्रअनुसार जगदम्बा स्टिल्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम दीपक भट्ट र अग्रवाल परिवारको मिलेमतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरिएको तथा जग्गा खरिदका लागि बैना रकमका रूपमा प्रयोग गरिएको आरोप छ।
मुद्दा दर्ता हुँदा फरार रहेका शङ्करलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले बुधबार पक्राउ गरी उच्च अदालत पाटनमा उपस्थित गराएको थियो। हाल उनको बयान जारी रहेको अदालत स्रोतले जनाएको छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायत वित्तीय संस्थाबाट चालु पुँजी (वर्किङ क्यापिटल) तथा अल्पकालीन कर्जा लिएको थियो।
औद्योगिक कच्चापदार्थ खरिद र दैनिक सञ्चालनका लागि लिइएको कर्जा जगदम्बा स्टिल्सले दीपक भट्टको सिद्धार्थ बैंकस्थित व्यक्तिगत खातामा स्थानान्तरण गरेको अभियोजन पक्षको दाबी छ। उक्त रकम हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद तथा व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्दै प्रतिवादीहरूविरुद्ध बैंकिङ कसुरमा कारबाही र सजायको माग गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...
श्रावण ७ गते, २०८३ - १४:४७
काठमाडौं। करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका क्रममा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार कोपिला ...
श्रावण ७ गते, २०८३ - १४:३८
काठमाडौं। बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। पक्राउ परेका रिमाल ...
श्रावण ७ गते, २०८३ - १४:१९
जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको ...
श्रावण ७ गते, २०८३ - १४:०७
बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०...
श्रावण ७ गते, २०८३ - १३:४५
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...
श्रावण ७ गते, २०८३ - १३:३८
काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...
श्रावण ७ गते, २०८३ - १३:२३
काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...
श्रावण ७ गते, २०८३ - १३:०६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...
श्रावण ७ गते, २०८३ - १२:५६
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...



प्रतिकृया लेख्नुहोस्: