काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारको धारणा देखिएको बताएका छन्। उनले नागरिकसँगको संवादका क्रममा सरकारप्रति अनिश्चितता, हतासा र आक्रोश बढेको आफूले पाएको बताए।
कांग्रेस केन्द्रीय समितिको आजदेखि सुरु भएको बैठकमा धारणा राख्दै सभापति थापाले नागरिकको मनोविज्ञान बुझ्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार केही नागरिक वर्तमान अवस्थालाई लिएर अनिश्चित छन् भने केहीले विगतमा पनि राम्रो नभएको, अहिले पनि सुधार नदेखिएको र भविष्यमा पनि सुधार हुनेमा आशावादी हुन नसकेको अवस्था देखिएको छ।
‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुँदैन भन्ने हतास भएको पाउँछु,’ थापाले भने, ‘केही नागरिकलाई आक्रोश छ।’
नागरिकमा देखिएको यही असन्तुष्टि पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अभिव्यक्तिमा समेत प्रतिबिम्बित भएको थापाको विश्लेषण छ। तर नागरिकमा बढेको आक्रोशलाई कांग्रेसले खुसीको विषयका रूपमा लिन नहुने भन्दै उनले यसबाट गम्भीर रूपमा चिन्तित हुनुपर्ने बताए।
थापाले यसअघि पनि नागरिकमा राजनीतिक दलहरूप्रति असन्तुष्टि बढिरहेको विषय संसद् र पार्टी बैठकमा उठाउँदै आएको स्मरण गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आफूले भदौ ८ गते संसद्मा नागरिक राजनीतिक दलसँग असन्तुष्ट रहेको बताएको उनले उल्लेख गरे।
त्यसपछि कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत नागरिकको असन्तुष्टिलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेको थापाले बताए। तर त्यतिबेला जनताको विषयमा अरूले चिन्ता गर्न आवश्यक नरहेको र आफूहरू जनताबाट निर्वाचित भएर आएको भन्ने तर्क गरिएको उनको भनाइ थियो।
‘जनताको बारेमा कसैले जिम्मेवारी लिनु आवश्यक छैन भनियो । नागरिक र जनताको बारेमा तिमीहरूले भनेर हुँदैन भनियो । हामीले जितेर आएका छौँ भनियो,’ उनले बैठकमा विगतको प्रसंग स्मरण गर्दै भने।
थापाले २३ र २४ भदौमा भएको राजनीतिक घटनाक्रमलाई एकाएक उत्पन्न भएको घटनाका रूपमा बुझ्न नहुने बताए। लामो समयदेखि जम्मा हुँदै आएको नागरिकको असन्तुष्टि र आक्रोशको परिणामका रूपमा ती घटनालाई हेर्नुपर्ने उनको भनाइ थियो।
उनले नागरिकमा सञ्चित भएको आक्रोशको एउटा अभिव्यक्ति फागुन २१ गतेको निर्वाचनमा मतपत्रमार्फत देखिएको समेत बताए। थापाले पछिल्ला राजनीतिक घटनाक्रमबाट दलहरूले पाठ सिकेर नागरिकको असन्तुष्टि र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...
श्रावण २४ गते, २०८३ - १५:१०
काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन...
श्रावण २४ गते, २०८३ - १५:००
काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...
श्रावण २४ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारको धारणा देखिएको बताएका छन्। उनले नागरिकसँगको संवादका...
श्रावण २४ गते, २०८३ - १४:३३
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ । ७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको ह...
श्रावण २४ गते, २०८३ - १४:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...



प्रतिकृया लेख्नुहोस्: