काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्षण अस्पतालमै रोकिएको छ।
साउन १९ गते उपचारका क्रममा मृत्यु भएका २२ वर्षीय मेहताको शव परिवार र सरकारबीच सहमति जुट्न नसक्दा पोस्टमार्टमसमेत हुन सकेको छैन। परिवारले शव परीक्षणअघि नै सहिद घोषणा गर्नुपर्ने अडान लिएपछि आवश्यक प्रक्रिया अघि बढ्न नसकेको हो।
कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको हिंसात्मक घटनामा घाइते भएका मेहताको शरीरमा गोली लागेको थियो। परिवारले उक्त गोलीको व्यालेष्टिक परीक्षण पहिला गर्नुपर्ने माग राखेको छ। तर गृह प्रशासनले पोस्टमार्टमपछि मात्रै कानुनी प्रक्रिया अघि बढाउन सकिने बताउँदै आएको छ।
गृहमन्त्री सुधन गुरुङ सहिद घोषणा गर्ने विषयमा सकारात्मक भए पनि त्यसअघि पोस्टमार्टम गर्नुपर्ने सरकारको धारणा रहेको गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले बताए।
‘सहिद घोषणा गर्ने विषयमा गृहमन्त्री सकारात्मक हुनुहुन्छ तर, त्यसअघि पोस्टमार्टम गर्नुपर्ने कुरा हामीले गरेका छौँ,’ उनले भने।
रविन्द्रका परिवारसँग छलफल गर्न गृहमन्त्री गुरुङ साउन १९ गते नै शिक्षण अस्पताल पुगेका थिए। त्यसपछि गृह मन्त्रालयमा समेत परिवारसँग छलफल भएको थियो। तर पटक–पटक छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन।
मृतक परिवारले सहिद घोषणा मात्र होइन, घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने मागसमेत राखेको सुनसरी–२ का सांसद लालविक्रम थापाले बताए।
‘सहिद घोषणा गर्ने कुरा सरकार पक्षले अरू मृतकहरूसँगै एकैपटक गर्नुपर्छ भनेको छ तर, रविन्द्रका परिवारले त्यसमा पहिला सहिद घोषणा गरेपछि मात्रै अघि बढ्ने कुरा गर्नुभएको छ,’ थापाले भने।
सरकारले भने सहिद घोषणा निश्चित कार्यविधि पूरा गरेर मात्रै गर्न सकिने बताउँदै आएको छ। यही विषयमा सरकार र पीडित परिवारबीच कुरा नमिल्दा शव अस्पतालमै रोकिएको हो।
यसबीच शव अस्पतालमा लामो समय रोकिँदा परिवार थप पीडामा परेको छ। हिंसामा ज्यान गुमाएका आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाएको भन्दै परिवारले सरकारमाथि दबाब बढाइरहेको छ।
पछिल्लो समय सुनसरी र सिराहामा भएको हिंसात्मक घटनामा चार जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता तथा सिराहाको औरही गाउँपालिकाका गणेश यादव छन्।
रविन्द्रको शव एक सातादेखि अस्पतालमै रहनुले घटनापछिको पीडित परिवार र सरकारबीचको अविश्वास अझै कायमै रहेको देखाएको छ। सहिद घोषणा, दोषी पक्राउ र शव परीक्षणको विषयमा तत्काल सहमति नजुटे यो विवाद थप लम्बिने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: