Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

टीकापुरका थारुको वकपत्र

\"Shailendra_Ghimire\"इतिहास अध्ययन हाम्रो वुताको कुरा होइन, यसको निर्माण र व्याख्या प्रचलित पण्डितहरुले गरुन् । तर हामीलाई थाहा छ ,हामी बुद्ध भन्दा पुराना हौं, बुद्धत्व हाम्रो रगत हो । वेद हाम्रो व्यवहार र भोगाईको अभुतपूर्व दस्तावेज हो । इतिहास भन्छ ,हामी रामापिथेकसको समयदेखि यही भुगोलमा थियौं । हामीलाई औलोले नखाएको भए, सर्प र विच्छीका डसाइले थर्थराउँदो मृत्यु मर्न नपरेको भए र युद्धको पराजयमा तिसौं हजार हाम्रा वंशका नौजवानहरु एउटै तालमा काटेर नफालिएको भए हामी भारतीय उपमहादिपका सबैभन्दा बेसी जनसंख्या हुने जातीमा दरिन्थ्यौं । तर नियतिले हामीलाई निरन्तर खेदिरह्यो । यो भुगोलसंगको जिवन लडाइमा हाम्रा पुर्खाहरुले निरन्तर हारीरहे ।
अधिकार माग्न मनाही छ जातका कुरा गर्न निषेध छ , चौतर्फी निषेधको आदेशका विचमा स्वास फेर्न हुने कठिनाई राजधानीका चार दलका नेताले जन्दैनन होला । तर यो मरेर वाच्नु भन्दा भयावह हुने रहेछ ।
हामीलाई मुक्त हुने रहर थियो, यसकारण हामी भिमदत्तसँग सलवलायौं, जनयुद्धसंग चलमलायौं र बन्दै गरेको समाजवादोन्मुख संविधानको अनुहार हामीतिर फर्कियोस भन्ने ठानेर सडकमा ओर्लियौं । जनयुद्ध र जनआन्दोलनले भत्काएको भनिएको विभेदको पर्खाल नयाँ संविधानमा  जसरी संम्मिन सकेको थिएन, त्यसको प्रतिरुप सडकमा प्रष्टै थियो । अखण्डको हुलियामा हुलहुज्जत गर्नेहरु र सेतो छालाधारीहरु पुलिसका सलोट खान्थे हामी रवरका गोली र टियरग्याँसले टन्न हुन्थ्यौं ! हामी कालो हुनु नै प्रचण्ड गर्मीले डढेको छालाको पुस्तौनी प्रमाण हो । यो इतिहासको त्यो सजिव वकपत्र हो जो हरेक थारुको अनुहारमा प्रष्ट देखिन्छ । इतिहासको यो वकपत्रले हामीलाई  यो भुगोलको  भूमीपुत्र भने पनि सिंहदरबार हामीलाई पराया व्यवहार गर्दा जितेको महसुुस गर्दथ्यो । यसकारण त सकिएको भनिएको सामन्तवाद, सामन्तवादका अन्तिम केन्द्र ज्ञानेन्द्रकै बर्दिमा आजकल हाम्रो वस्तीमा मार्चपास गर्छ र भन्छ, खबरदार बोल्न मनाही छ । अधिकार माग्न मनाही छ जातका कुरा गर्न निषेध छ , चौतर्फी निषेधको आदेशका विचमा स्वास फेर्न हुने कठिनाई राजधानीका चार दलका नेताले जन्दैनन होला । तर यो मरेर वाच्नु भन्दा भयावह हुने रहेछ । सिहदरवार आसपासकाले जति भोगेका छौ, हाम्रो भोगाई त्यो भन्दा कम छैन । जवसम्म औलो थियो तिमी त्यहाँ थिएनौ । पुल र झुल नहुँदा तिमी न हिड्न जान्दथ्यौ न सुत्न मान्दथ्यौ । यी सालका विसाल रुखहरु हाम्रा पाखुरीले नै सुताएका हुन । यी कहाली लाग्दा झाडिहरु हाम्रै पाँसुलाले फाडेका हुन । आगो ओकल्ने जमिन हाम्रै पौरखले सम्याएका हुन । तरेली परेका फाँटलाई यो अनुहार दिंदा सम्मका काहाली लाग्दा दिन हामीलाई थाह छ । बाढीले हामीलाई सोहोरेर लैजाँदा रुने हामी नै थियौं, रुखले च्यापिने, बाघले चिथोर्ने, हात्तीले निचोर्ने, सर्पले वेर्ने र विच्छीले घेर्ने पनि हामी नै थियौं । तिम्रो आगमनको सुरुवातमा हामी कम्ता रमाएका थिएनौं । यो समथर जमिनको  पहिलो भुमी तिमिलाई मित भनेर दान गरेको । तिमीले सिमामा फर्सिंको झाल लगाउदै  झालका मुन्टा सम्म सिमा सारेर हामीलाई पेल्दै गयौ । मधेशको फराकीलो छातीमा यो तिम्रो मुर्खता प्रति हाम्रो सदासयता नै थियो, प्रेम नै थियो  । तिम्रो नादानीमा हाम्रा छोरीहरु तिम्रो स्याहारमा खाटाउँदा पनि हामी खुशी नै थियौं । तिमीले यसलाई चलनै बनायौ । आज बुद्धत्व साछि राखेर भन्न सक्छु । शहरका ठूला मान्छेका भान्सामा हाम्रा छोरीहरु छन् । तिनका पुष्ट नितम्व हेरेर तिमी सौर्यकल्पमा रमाउँछौ । तिम्रो ढोकामा हाम्रा छोराहरु उभिएका छन् । ति तिम्रो हेपाहा प्रवृत्तीका बाबजुद हाम्रो सुधोपनका निशानी हुन । अँ, केही समय अगाडी देखि हाम्रो वस्तीमा एक अचम्मको सन्सनाहट छिरेको थियो । यो तिमीले सोचेको जस्तो अवान्छित उपद्रोको रहर थिएन । बस केही समय अँग्रेजको दास वन्न विवस यो भुमीलाई नेपालीपनको पुर्ण आभास दिने संकल्प थियो । राष्ट्रको सेवा गर्ने र राष्ट्रनिर्माणमा नागरीक सरह सहभागी बन्ने अभिलाषा थियो । त्यसका निम्ती निस्किएका अनेकन छलफलले कमलरी उठायो, जनयुद्ध उठायो र आफ्नो माटोको रखवाला आफैं बनेर भुमी खुसाउने एक असाधारण चेत निर्माण भो । विस्वास गर, यो तिमीबाटै होला भन्ने हम्रो पुर्ण विस्वास थियो । त्यसकारण त हामीले बामदेवदलाई जिताएको । अनेकन तरंगका वावजुद सुर्य र रुखका झण्डा हाम्रा झुप्राहरुमा फर्फराएको । विडम्वना , तिमी पुरानै मुखियाको मुटु बोकेर हाम्रा पिपिरा चेतलाई कुल्चन थाल्यौ । भावनात्मक एकताको प्रयासलाई तिमीले विखण्डन अलाप भनेर अथ्र्यायौ । एक जातीय वहुलताका क्षेत्रहरु एकैठाउँमा रहदाँ हामी सहज ढंगले मुलुक निर्माणमा सहभागी वन्न सकौला भन्ने आकलनलाई तिमीले अपराध ठहर्यायौ । अनेकन आसंका निमार्ण गरी हामीलाई टुक्रा टुक्रा पार्दै हामीलाई मुर्छित वनायौ । महामहिम तिम्रो ज्यानको भाग लगाउँदा तिमीलाई दुख्छ कि दुख्दैन ? हामीलाई  पनि त्यसरी नै दुख्यो । बाँधिएको ज्यान र कुल्चिएको चेत डरलाग्दो हुँदो रहेछ । निर्धा थारु वस्तिहरुमा उठेको एक असाधारण हुरीको कारण यहि थियो । पछिल्लो समय हामी घरलौरी सडकमा उभिएकै हो । हाम्रो सुधोपनको मापनले भन्छ हामी ज्यान दिन सक्छौ लिन जान्दैनौ । चार गते टिकापुरमा जे भयो ,हाम्रो कारणले भएन, कि राज्यले आक्रोसको आकलन गर्न सकेन कि दक्षिणका मान्छे आन्दोलनमा छिरे । दक्षिणका को हुन त्यो गृहमन्त्रीलाई थाह होला । दक्षिणबाट आएका मानिसको मेसो हामीलाई के थाहा ? उनीहरुले हाम्रो अधिकार प्राप्तीको उच्च वेगलाई बराल्न यतिविधि षड्यन्त्र गर्लान भन्ने हामीले हिसाव गर्न सकेको भए हामी नै यो राज्यका संचालक हुन्थ्यौं । जे भयो नराम्रो भयो । आन्दोलन तुहाउन प्रहरी अधिकृतको वली चढाइयो र शोक रमिता मन्चन गरेर आन्दोलनमा पानी खन्याइयो । मान्छेहरु भन्छन हाम्रा अधिकृतलाई भाला हान्नेहरु हाम्रो अनुहारका थिएनन , जवानलाई आगो झोस्नेहरु हाम्रो भाषाका थिएनन ति प्रशिक्षित थिए र कतै वाट आयातित थिए । तिनको आयात कतावाट गरीएको हो गृहपति र अखण्डका हीमायती शेरहरुले जानुन । राज्य यति सम्म निकृष्ट कर्ममा लागे होला भन्ने विस्वास हामीमा छैन र यो आरोप लगाएर हामी राज्यलाई  विवादित वनाउन सक्दैनौ । हो  थारु भुमीमा उक्साहटपुर्ण भाषण गर्नेहरु पनि हाम्रो वस्तीका होइनन ति त हाम्रो ज्ञानमा भए सम्म सत्ताधारी पार्टिका सवासदहरु नै हुन । हामी लई यस्तो नाटक पनि थाह थिएन सत्ताधारी दल मध्ये एक अखण्डको नाममा सुर्खेत उचाल्छ अर्को थारुको वस्तीमा प्रवेश गरेर मुलुक विखण्डनको झुसिलो डकार उग््रयाउछ । यो हाम्रो ज्ञानको वुता भन्दा माथीको कुरा । आज टिकापुरमा सन्सनाहट छ आतंक छ आन्दोलन छैन,। सुडानको डार्फोरमा झैं यहाँका गल्लीहरुमा वर्दी र लामा हतियारको आतंक छ । पुलिसका साइरन सहितका सवारी साधन र सेना बोकेका थोत्रा ट्रकहरुको आवाजमा दवेको एक भयानक सन्नाटा छ । लाग्छ यो तालिवानी क्षेत्र हो र अमेरिका विनलादेनलाई खोजिरहेछ ।थारुका वस्तीहरुमा युवाको पलायन छ तिनका घरमा आगो र आतंक छ ।निषेध क्षेत्र थारुलाई छ कफ्यु पनि थारुलाई मात्र छ । तर यसले थारुहरुलाई एक चिज गज्जवले पढाएको छ । त्यो हो सिंहदरबार थारुहरुलाई माया गर्दैन । राज्य जनजातीको अधिकारको पक्षमा चिन्तीत छैन ।थारु आन्दोलनका अभियन्ताले बर्षौ सिकाउन नसकेको यो पाठ क्षणभरमै सिकाएकोमा सिंहदरबार धन्य छ । तर सिंहदरबारले यो पनि बुझोस वर्दिको आतंकले मान्छे गिरफ्तार गर्न सक्ला तर विद्रोहको चेत गिरफ्तार गर्न सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy