काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ ।
पञ्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि शिखर धवनले आज पनि अर्धशतकीय पारी खेले । ४७ बलमा ६ चौका र दुई छक्कासहित अविजित ६९ रन बनाए ।
त्यस्तै, पृथ्वी शाले ३९, स्टिभ स्मिथले २५, शिमरोन हेटमायरले नटआउट १६ र कप्तान ऋषभ पन्तले १४ रनको योगदान दिए ।
बलिङमा क्रिस जोर्डन, हरप्रीत ब्रार र रिले मेरिडीथले एक/एक विकेट लिए ।
त्यसअघि, नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
उसका लागि कप्तान मयंक अग्रवालले उत्कृष्ट पारी खेले । उनले ५८ बलमा आठ चौका र चार छक्कासहित अविजित ९९ रन बनाए ।
केएल राहुल अस्वस्थताका कारण अस्पताल भर्ना भएपछि मयंकले आज पञ्जाबको कप्तानी पाएका हुन् ।
त्यस्तै, दिल्लीविरुद्ध डेविड मलानले २६, क्रिस गेलले १३ र प्रभसिमरण सिंहले १२ रन बनाए ।
बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा कागिसो रबाडाले तीन, अक्षर पटेल र आवेश खानले एक/एक विकेट लिए ।
आजको जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ म्याच खेल्दा ६ मा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: