काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना गरी ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेका ५ जना र बर्दीयाका १ जना रहेका छन् । नेपालगंज उपमहानगरपालिका ३ का ५१ वर्षिय पुरुष, १ का ६६ वर्षिय पुरुष, ५ का ४८ र ६० वर्षिय पुरुष, बर्दिया बढैयातालका ४७ वर्षिय अर्का पुरुष रहेका छन् ।
यसैगरी बाँकेकै खजुरा गाउँपालिका २ का ३२ वर्षिय पुरुष र बैजनाथ गाउँपालिका ८ कि महिलाको ज्यान गएको हो ।
प्रतिकृया लेख्नुहोस्: