लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताउदै आएको थियो। माओवादी केन्द्रले बिमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको छ।
पोखरेलले आइतबार बिहान मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए। राजीनामा लगत्तै उनले संसदीय दलको बैठक बोलाएका थिए। बैठकमा उनले लुम्बिनी प्रदेशसभा सचिवालयले समेत अनावश्यक रूपमा जालझेल र तिगडम गरेपछि आफूले बाध्य भएर राजीनामा दिएको बताएका थिए।
दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव आचार्यलाई हराउँदै वली निर्वाचित भएकी हुन्। वलीले प्रदेशसभा २४ हजार २८६ मत पाउँदा आचार्यले १९ हजार १८२ मत मात्रै पाएका थिए। २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधन भए पछि पत्नी बिमला उपनिर्वाचनमा उम्मेद्वार बनेकी हुन्।
प्रतिकृया लेख्नुहोस्: