अन्तरिम संविधान भन्दा पनि पछाडि फर्केर आएको संविधान प्रतिगामी छ । यसैले एक थान संविधान त आयो तर द्वन्द्व समाधान हुँदैनतपाईको विचारमा वर्तमान गतिरोधको अन्त्य कसरी गर्ने त ? गतिरोध अन्त्य गर्ने कुरा वहाँ (सत्ताधारी)हरुको हातमा छ । हामी वार्ता र संवादका लागि सधै तयार छौ । तर वहाँहरुले त्यसलाई कहिलै गम्भिरतापूर्वक लिनु भएन । एक दिन लुगा धुन र नुहाईधुवाई गर्न वहाँहरुले छुट्टी मनाउदै संविधानसभा स्थगित गर्नु भएको थियो । जसलाई दुई दिन भनेर प्रचारित गरियो र विश्व जनमतलाई झुक्याउने कोसिस भयो जो कि राजनीतिक वेइमानी हो । हाम्रा कुनै पनि विषयहरु नयाँ छैनन् । विगतका सम्झौताहरु, संविधानसभामा सर्वसम्मत सहमति भएका सहमति र अन्तरिम संविधानमा उल्लेख भएको विषयहरु सम्बोधन गरियोस भन्ने हाम्रो भनाई हो । थारु, आदिवासी, जनजाति, दलित, मुस्लिम, मधेसी समूदायले संविधानप्रति स्वामित्व ग्रहण गरुनु भन्ने हाम्रो भनाई हो । अहिले पारित भएको संविधानको स्वामित्व हामीले लिएका छैनौ । जब हामी स्वामित्व लिएका छैनौं भन्छौ त्यसबाट उत्पन्न हुन्छन हाम्रा प्रतिक्रियाहरु र त्यहीबाट हाम्रा आन्दोलनका स्वरुपहरु उत्पन्न हुन्छन् । जुन संविधानको स्वामित्व हामीले लिदैनौं त्यो संविधान मानि राख्नु पर्ने हामीलाई बाध्यता हुदैन । तसर्थ हामीले विगतका सहमति लागू गरियोस भनेका छौ गतिरोध अन्त्यको उपयुक्त विकल्प भनेको नै त्यही हो ।
हामीले संवादका माध्यमबाट समस्याको समाधान गर्न पहिलेदेखि नै प्रयत्न गरेको हो । तर अर्को पक्षको हठका कारणले यस्तो परिस्थिति सृजना भयो । अहिले पनि हामी वार्ताका लागि हामी तयार छौ । तर त्यो सार्थक वार्ता हुनु पर्यो । त्यो विगतको जस्तो कलाविहिन नाटक नहोसमोर्चाले एकातर्फ वार्ताका लागि तयार छौ पनि भन्ने र अर्को तर्फ संविधानको स्वामित्व पनि लिदैनौ भनेपछि वार्ताको औचित्य के भन्ने प्रश्न उठ्दैन र, यो द्वैद चरित्र होइन ? संवादका लागि हामी हिजो पनि खुला थियौ र आज पनि खुला छौ । आन्दोलन गर्दा गर्दै संवादमा गएको हो । यो मुलुकमा युद्ध गर्दागर्दै पनि संवाद चलि रहेको थियो । हामीले संवादका माध्यमबाट समस्याको समाधान गर्न पहिलेदेखि नै प्रयत्न गरेको हो । तर अर्को पक्षको हठका कारणले यस्तो परिस्थिति सृजना भयो । अहिले पनि हामी वार्ताका लागि हामी तयार छौ । तर त्यो सार्थक वार्ता हुनु पर्यो । त्यो विगतको जस्तो कलाविहिन नाटक नहोस । मधेसवादी दल संविधान नै चाहँदैन भने वार्ता गर्नुको के औचित्य भन्ने धारणा रहेको छ, तपाईले पनि झण्डै झण्डै त्यही कुरा गर्नु भयो भने सहमतिको मिलन विन्दु के त ? मैले अघि नै भने अन्तरिम संविधानमा उल्लेख गरिएका विषयबस्तु र सहमति भएका विषयवस्तुहरु र जहाँबाट यो प्रतिगमन सुरु भएको छ त्यसलाई परिमार्जन गरेर हाम्रा विषयहरु सम्बोधन गर्न सकिन्छ । संविधानसभा र संघीयता हाम्रो एजेण्डा हो त्यसलाई क्षतविक्षत पारियो भन्ने हाम्रो चिन्ता हो । नागरिकताको एजेण्डा, समानुपातिक, समावेशी र अन्य विषय जो अन्तरिम संविधानले ग्यारेन्टी गरेको थियो त्यस भन्दा पनि पछि धकेलिएको छ । यहाँ विश्व जनमतलाई के भनेर झुक्याउन खोजिएको छ भने यीनीहरु संविधान नै चाहँदैनन् । विश्व जनमतलाई क्षणिक भ्रमित पार्न नयाँ प्रयोग गरिएको छ । मलाई के थाहा छ भने यो संविधान कार्यान्वयन गर्न कठिन हुनेछ । जुन ढंगले राज्यले आतंक मच्चाउँदै जातिय नरसंहार गरेको छ त्यसले हामीलाई गम्भिर बनाएको छ । किनभने देश त हाम्रो हो तर राज्य हाम्रो होइन । हामीले खोजेको देश पनि हाम्रो र राज्य पनि हाम्रो होस भन्ने हो ।
सार्थक वार्ताका लागि वातावरण बनाउने काम तीन दल र राज्यपक्षको हो । त्यसपछि संवोधन गरिने विषयका बारेमा वहाँहरुले भन्नु भयो भने बाटो देखाउन म देखाउन तयार छु । जुन संवैधानिक, लोकतान्त्रिक र सर्वमान्य हुनेछ ।मधेसमा देखिएको अवस्थाको अन्त्य गर्दै सार्थक वार्ता कसरी हुन सक्छ त्यसका केही उपायहरु ? हामी आन्दोलनमा छौ र राज्यले आफ्नो अन्तिम अस्त्र सेना प्रयोग गरि सकेको छ । तीन दर्जन भन्दा बढी आन्दोलनकारीहरुको हत्या गरिएको छ । टाउको छातिमा ताकी–ताकी गोली हानिएको छ । मानौ आन्दोलनकारीलाई होइन कि थारु र मधेसीलाई हामी मार्दैछौ भन्ने भाव प्रकट गरिएको छ । अान्दाेलन दमन गर्नका लागि नै सेना परिचालन भएकाे छ । वार्ताको वातावरण बनाउनका लागि राज्यले यी आतंकको अन्त्य गर्नु पर्छ । सेना परिचालन भएको फिर्ता गर्नु पर्यो । सार्थक वार्ताका लागि वातावरण बनाउने काम तीन दल र राज्यपक्षको हो । त्यसपछि संवोधन गरिने विषयका बारेमा वहाँहरुले भन्नु भयो भने बाटो देखाउन म देखाउन तयार छु । जुन संवैधानिक, लोकतान्त्रिक र सर्वमान्य हुनेछ ।
संविधान भन्ने निर्जिव वस्तुसँग हाम्रो कुनै विवाद होइन । विवाद भनेको त्यहाँ भित्र रहेका शब्द र नियतहरुसँग हो । अहिलेको संविधानमा प्रयोग भएका शब्द र नियतहरु कुत्सित र द्वन्द्व बढाउने खालका छन्आन्दोलनकारी दल र सरकारका बीच वार्ता सफल भएमा वर्तमान संविधानलाई स्विकार गरेर जान सक्ने अवस्था रहन्छ ? संविधान भन्ने नामसँग हाम्रो रिस होइन । हामी त संविधान बनाउनका लागि नै आएका हौ । विगतका सबै सम्झौता र प्रतिवद्धताहरु संवोधन गरियोस र त्यही मर्म अनुरुप संविधान बनोस भन्ने हाम्रो चाहना हो । वहाँहरुले एकलौटी र एकतर्फी रुपमा राज्यको पुरानो बनोट र वर्चश्वलाई कायम राख्न जसरी संविधान घोषणा गर्नु भएको छ त्यसमा हाम्रो विरोध हो । संविधान भन्ने निर्जिव वस्तुसँग हाम्रो कुनै विवाद होइन । विवाद भनेको त्यहाँ भित्र रहेका शब्द र नियतहरुसँग हो । अहिलेको संविधानमा प्रयोग भएका शब्द र नियतहरु कुत्सित र द्वन्द्व बढाउने खालका छन् । समस्या भनेको यही हो ।
प्रतिकृया लेख्नुहोस्: