बली : धर्म र खाद्य आवश्यकता छुट्याउनै नसक्नेगरी नजोडौं
आश्विन २५ गते, २०७३ मगलवार 11th October, 2016 Tue०८:१२:४९ मा प्रकाशित
हिन्दूहरुको महान चाड बिजया दशमीको अवसरमा थुप्रै पशुबली गरिन्छ । चाहे आर्मीको ब्यारेकमा होस् चाहे देशका ठुला ठुला शक्ती पिठहरुमा होस् । बली प्रथाका अनुयायी प्राय हिन्दू धर्मका पनि शाक्त सम्प्रदाय पर्दछन् जसले देबिको उपासनाको अन्तिम रुप नै बली हो भन्ने विश्वास राख्दछन् तथापी प्रकृति वा पृथ्वीलाई देवता मान्ने समुहकाले पनि बलीको परम्परालाई अङ्गिकार गर्दै आएका पाईन्छन् । दशैमा हिन्दूहरुले बली दिन्छन् तर हिन्दू धर्मका मुल ग्रन्थहरु भागवद तथा अन्य थुप्रै पुराणहरुमा बलीलाई निषेद्द नै गरिएको छ ।
कालिका पुराणमा खसी बोकाको रगत देवीलाई अर्पण गर्ने बली र हात्तीको रगत अर्पण गर्नेलाई महाबली भनेर भनिएको छ । त्यस्तै गरी रिग्बेदका बिभिन्न खन्डहरुमा अस्वमेध भनेर घोडाको बलीको ब्याखा पाईन्छ भने ज्योतिस्तोमामा बिभिन्न तीन पशुहरुको बली एकै साथ गरिन्छ । अग्निसोमिया भन्नाले बली दिने अघिल्लो दिन सोमरस भगवान लाई चडाउने र अर्को दिन बली दिने भन्ने बुझिन्छ । सवनिया बलिमा दिन भरी नै अग्नीमा बली चडाइन्छ । त्यसै गरी बली तीन किसिमका हुने गर्दछन् । सात्विकः जसमा अक्षता, फुल, केसरी, फल्फुल जस्तै नरिवल, घिरौला वा फर्सी आदी काटेर चडाइन्छ । राजसिः जसमा सत्विक बिधीमा पशु रगत पनि मिसाएर चडाइन्छ । तामसीः जसमा सात्विक र राजासी बिधी समेत रक्सी पनि चडाइन्छ । रमायाणमा राम चक्रवर्ती राजा भएपछी अस्वमेध यज्ञ गरेका थिए भने युधिष्ठिरले पनि कुरुक्षेत्रको युद्द जितेपछी चक्रवर्ती राजा हुनको लागि अस्वमेध यज्ञ गरेका थिए । अनुबन्ध्य बलीमा बरुण देवतालाई गोरुको बली दीइन्थ्यो । एबम रितले यजुर्बेदमा पनि पशु बलीका बिधी बिधान तथा मन्त्र हरुको व्याख्या गरिएको पाईन्छ, जसमा सेतो बाख्रा बायुलाई, बाछो सरस्वतिलाई, गोरु ईन्द्रलाई, नपुङ्सक बनाएको गोरु बरुणलाई अर्पण गरेको कथाहरु छन् ।
वास्तवमै पशुबली एउटा ठुलो अनुश्ठान् भएकोले यसलाई मेहेनत र खर्च ठुलै चाहिन्छ र त बलीको बिधी बिधान सम्पूर्ण पुर्याएर गर्ने परिवार राजाकिय वा ठुलै खान्दानका हुनु पथ्र्याे । पशु बलीको परम्पराले बिशेषतः पशु हिंसा भन्दा पनि शक्तीको पूजा आराधानालाई मात्र महत्वमा राखेको पाईन्छ । हिन्दू धर्ममा बलीको प्रकृयामा खास गरी झट्का वा मार हान्ने बिधी प्रयोग हुन्छ जसमा एकै पटक खुकुरी वा तरवारले घाटी छिनाउनु पर्दछ । जस्तोकी मुस्लिम समुदायले घाटी रेटेर बली दिन्छन् जसलाई हलाल वा जबिया भनिन्छ ।
भागवद् गीतामा कृष्ण भगवानले पशु हिंसा नगर्न भनेका छन् तर पनि बली दिएको खन्डमा आफुले स्विकार चाँही गर्ने किनभने बली चढाइएको पशुको आत्मामा पनि आफु हुने कुरा सङ्केत गरेका छन् । शक्ति अनुयायीहरुले काली, भवानी वा दुर्गाको पूजामा कुखुरा भाले, हांस, बोका, रागो तथा अन्य पशु पंक्षी बली दिने गर्दछन् । हिन्दू मात्र नभै तामिल सम्प्रदायमा पनि मुरुगुन देवताको लागि पशुबलीको परम्परा ब्याप्त छ । नेपालको बारा जिल्लामा हुने गढिमाइको मेला बृहद् सङ्ख्यामा हुने पशुबलीको विश्वकै उदाहरण हो ।
माथिका उदाहरणहरु बलीको परम्परा मानबिय समाजमा प्रचलित हुँदै आएको छ भन्ने दृष्टान्त दिन प्रस्तुत गरिएको छ । संस्कार र परम्परा जसरी चलायो चल्दै जाने कुरा हुन् । हामी सोच्न सक्ने प्राणी हौ त्यसै भएर ठीक बेठिक उचित अनुचित राम्रोसँग नियालेर परम्परालाई निरन्तर्ता दिनुपर्छ । राम्रोलाई आत्मासाथ गर्ने र भावी पिढिहरुलाई सिकाउँदै जाने तथा नराम्रोलाई परिष्कृत गर्दै गर्नुपर्दछ । हो बलीको सन्दर्भ यदाकदा धर्मिक ग्रन्थहरुले जोडेतापनि मानिसले भक्ति गर्न बली गर्नैपर्छ भनेको हैन । पवित्र धर्मस्थलमा रगतको दृष्य निश्चयनै राम्रो हैन । मानिसको खाद्य आवश्यकतालाई धर्मसँग छुट्याउनै नमिल्ने गरी जोड्नु हुदैन ।
मासु खान हुनी कि नहुनी भन्ने विवाद समय प्रसँग अनुसार चल्दै आएको पाईन्छ । यो विवाद अर्थ हिन विवाद हो । मासु खाने वा नखाने भन्ने मानवका लागि भने ब्यक्तिगत स्वतन्त्रता हो जस्तोकी अरु केही प्राणीहरुलाई बाध्यता हो । प्रकृति सन्तुलनको लागि कसै न कसैले मासु खाइदिनै पर्दछ । मासु प्रायोजनका लागि भनेर संरक्षण गरेर राखिएका करोडौ कुखुरा वा खसी बोकाहरुको नियति यदी मासुको प्रायोजन सकिने हो भने के होला ? उनिहरु मानव संरक्षण र बैज्ञानिक सन्तानोत्पादनबाट बन्चित हुन्थे अनी जङलमा उतिकै छोडिदा आज कतिपय प्राणिहरु दुर्लब भैसक्थे । यो इकोसिस्टममा ‘फुड चेन’ भन्ने एउटा प्रकृया हुन्छ जसमा एउटा साइकलमा सबै प्राणीहरु अटाएका छन् । एकले अर्कालाई, फेरी अर्काले तेसलाई भक्षण वा संरक्षण गर्दै प्रकृतिको लीला अनवरत रुपले चल्दै आएको कुरा जगजाएर नै छ । फेरी एक अर्थमा बिज्ञानले पनि मासु सेवनले चाडो थुप्रै प्रकारका पौष्टिक् तत्वहरु पाईन्छ भन्दछ । त्यसै पनि मानिसको खाद्यान्नमा मासु नहुने हो भने, अर्थात सबै सकाहारी हुने हो भने अनाज, फल्फुल र सब्जीहरुको खपत अहिले भन्दा धेरै बढी हुनेछ । कम्सेकम यस्ले कतै हुँदै गरेको खाद्य सङ्कटलाई त केही हद सम्म टालेको छ ।
तसर्थ मासु खानेले मासु नखानेलाई जती होच्याएनी अथवा मासु नखानेले खानेलाई जती सुकै घृणा गरे पनि मासु खाने र नखाने दुबै प्रकारका मानिसहरुको सह–अस्तित्व हुने नै छ । किनकी सबै कसैले कर गर्दैमा खाने मान्छेले खान छोड्ने छैन र नखाने सबैलेले पनि खान थाल्ने हैन । मासु खानु अथवा नखानु लाई त्यसै भएर राम्रो गलत भन्न सकिदैन । फाईदा बेफाईदा सबैका छन् ।
अब रह्यो मठ् मन्दिरमा पशु भोग कतिको उचित? मन्दिर सर्वजनिक स्थल हो । त्यस्मा सार्वजनिक सरोकारको बिषय हुनु पर्दछ । तपाईं आफ्नो ब्यक्तिगत मनोकांक्षा पुरा गर्न भनेर आफ्नो निजी बोका वा कुखुरा लगेर काट्न पाउनुहुन्न । आफ्नो घरमा तपाईंको ब्यक्तिगत बनाएको मन्दिर छ ? ठिकै छ त्यहाँ दिनुस् बली, तर सार्वजनिक ठाउमा रहेको मन्दिरमा रगतको खोलो बगाएर मासु नखाने, रगत देख्न नसक्ने, हिंसा नरुचाउने मान्छेलाई मन्दिर पेरिसर जानै नहुने स्थितीको श्रीजना नगरिदिनुहोस् ।
अहिंसाका हिमायती बौध्ध मार्गीहरु पनि त्यो मन्दिरमा आउछन । बालबच्चाहरु पनि मन्दिर दर्शन गर्न र भगवानको आस्था राखेर आउछन । के अब तिनी सबैले एउटा पशु हत्याको साक्षी बन्नु पर्ने ? सार्वजनिक् स्थानमा वास्तवमा हत्याको तमाशा देखाउनु राम्रो हैन । स्वास्थ्यकर मासु खाने हो भने पनि बैज्ञानीक पशु बधशालामा लगेर पशु बली दिन सकिन्छ । मन्दिर र खुला सार्वजनिक् स्थानमा पशु बली दिएर मासु बनाउदै गर्दा कति कीरा तथा निला झिङ्गाहरु आउछन् देख्नु भएकै छ । अनियन्त्रित रुपमा चडाइएका रक्ती, फालिएका मासुका बिकार र अन्ध्रा भुँडी पखालेर बिसर्जन गरिएका बिकारले बातावरण कति प्रदुशित पार्दछ याद छ ? बधसालामा बिधिवत काटिएको मासु राम्रो पनि हुन्छ । तेसैले मन्दिरामा सात्विक बली दिनुहोस् अनी घरमा वा निजी स्थानमा राजसी बली दिनुहोस् यसले धार्मिक र सामाजिक सहिष्णुतालाइ पनि खल्बल पार्दैन र चाडबाडमा स्वास्थ्यकर मासु खान पनि पाउनुहुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: