Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

गृहमन्त्री र वाइसियलको हठले लाठी जुलुसमा झडप !

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज काठमाडौंसहित ७५ वटै जिल्ला सदरमुकाममा लाठी जुलुस गर्दैछ । विगतका सहमति विपरीत सत्तारुढ कांग्रेस–एमालेले प्रक्रियामा संविधान निर्माण अघि बढाउन खोजेको भन्दै विरोधमा उत्रिएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशभर लाठी जुलुस गर्न लागेको हो । तर, कुनै पनि हालतमा लाठी जुलुस गर्नै नदिने गृह मन्त्रालयको चेतावनी र जसरी पनि गर्ने तयारीलाई वाइसियलले अघि बढाएपछि झडप हुने सम्भावन पनि बढेको छ । शान्तिपूर्ण आन्दोलन गरे पनि लाठी जुलुस नगर्न गृहले पटकपटक निर्देशन दिंदै आएको छ । जसरी पनि एमाओवादी नेतृत्वको दोस्रो चरणको आन्दोलन अन्तर्गतका कार्यक्रमलाई विफल पार्न गृहमन्त्री वामदेव गौतमले मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिइ सकेका छन् । सबै स्थानमा हुने लाठी जुलुसको नेतृत्व एमाओवादीको सहायक संगठन वाइसियलले गर्दैछ । तर, गृहमन्त्री वामदेव गौतमले पटकपटक जुलुस नगर्न र गरे सार्वजनिक मुद्दा लगाउने चेतावनी दिएपछि झडपको खतरा बढेको हो । दिउसो साढे दुई बजे काठमाडौंको भृकुटीमण्डबाट लाठी जुलुस सुरु हुने वाइसियलका कार्यवाहक अध्यक्ष आरसी शर्माले जानकारी दिए । लाठी जुलुस गर्नु लोकतान्त्रिक अधिकार भएको भन्दै शर्माले आन्दोलनको कार्यक्रम अन्तर्गत लाठी जुलुस गरिने बताए । यस अघि आन्दोलन नगर्न गृह मन्त्रालयले कडा रुपमा कहिल्यै पनि विज्ञप्ती जारी गर्ने गरेको थिएन । गृहमन्त्रालयमा भएका सुरक्षा बैठकले आन्दोलनमा लाग्नेको विवरण राख्ने र त्यस्ता व्यक्तिलाई सार्वजनिक जागिरका लागिसमेत अप्ठ्यारो पार्ने गरी विवरण संकलन गर्ने तयारी गरेको छ । साथै, गृहले सबै ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारीमसमेत गरेको छ । मोर्चाको आन्दोलन कार्यक्रमलाई मध्यनजर गर्दै गृहले सरकारका मन्त्रीलाई राजधानी बाहिर नजान पनि भनेको छ । सबै सुरक्षाकर्मी आन्दोलनका क्रममा सडकमा खटिनुपर्ने भन्दै गृहले राजधानी बाहिर जाँदा मन्त्रीको सुरक्षा गर्न नसकिने बताउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE