Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

गृहमन्त्री र वाइसियलको हठले लाठी जुलुसमा झडप !

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज काठमाडौंसहित ७५ वटै जिल्ला सदरमुकाममा लाठी जुलुस गर्दैछ । विगतका सहमति विपरीत सत्तारुढ कांग्रेस–एमालेले प्रक्रियामा संविधान निर्माण अघि बढाउन खोजेको भन्दै विरोधमा उत्रिएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशभर लाठी जुलुस गर्न लागेको हो । तर, कुनै पनि हालतमा लाठी जुलुस गर्नै नदिने गृह मन्त्रालयको चेतावनी र जसरी पनि गर्ने तयारीलाई वाइसियलले अघि बढाएपछि झडप हुने सम्भावन पनि बढेको छ । शान्तिपूर्ण आन्दोलन गरे पनि लाठी जुलुस नगर्न गृहले पटकपटक निर्देशन दिंदै आएको छ । जसरी पनि एमाओवादी नेतृत्वको दोस्रो चरणको आन्दोलन अन्तर्गतका कार्यक्रमलाई विफल पार्न गृहमन्त्री वामदेव गौतमले मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिइ सकेका छन् । सबै स्थानमा हुने लाठी जुलुसको नेतृत्व एमाओवादीको सहायक संगठन वाइसियलले गर्दैछ । तर, गृहमन्त्री वामदेव गौतमले पटकपटक जुलुस नगर्न र गरे सार्वजनिक मुद्दा लगाउने चेतावनी दिएपछि झडपको खतरा बढेको हो । दिउसो साढे दुई बजे काठमाडौंको भृकुटीमण्डबाट लाठी जुलुस सुरु हुने वाइसियलका कार्यवाहक अध्यक्ष आरसी शर्माले जानकारी दिए । लाठी जुलुस गर्नु लोकतान्त्रिक अधिकार भएको भन्दै शर्माले आन्दोलनको कार्यक्रम अन्तर्गत लाठी जुलुस गरिने बताए । यस अघि आन्दोलन नगर्न गृह मन्त्रालयले कडा रुपमा कहिल्यै पनि विज्ञप्ती जारी गर्ने गरेको थिएन । गृहमन्त्रालयमा भएका सुरक्षा बैठकले आन्दोलनमा लाग्नेको विवरण राख्ने र त्यस्ता व्यक्तिलाई सार्वजनिक जागिरका लागिसमेत अप्ठ्यारो पार्ने गरी विवरण संकलन गर्ने तयारी गरेको छ । साथै, गृहले सबै ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारीमसमेत गरेको छ । मोर्चाको आन्दोलन कार्यक्रमलाई मध्यनजर गर्दै गृहले सरकारका मन्त्रीलाई राजधानी बाहिर नजान पनि भनेको छ । सबै सुरक्षाकर्मी आन्दोलनका क्रममा सडकमा खटिनुपर्ने भन्दै गृहले राजधानी बाहिर जाँदा मन्त्रीको सुरक्षा गर्न नसकिने बताउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy