Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

पुर्नसंरचना विवादले पार्टी निषेधित क्षेत्र घोषणा

मुगु, २५ कात्तिक। स्थानीय तह पुनःसंरचना पुर्नसंरचना विवादले मुगमा विवाद बढेको छ । मुगु जिल्लालाई स्थानीय तह पुनःसंरचना गर्दा प्रमुख दलले आफ्नो क्षेत्रको कठिनाइलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाउँपालिकामा सहमति गरी आयोगमा सिफारिस गरेको भन्दै चरणबद्घ आन्दोलन गर्दै आएका यहाँका एक इलाकाका जनताले बुधबार आफ्नो क्षेत्रमा राजनीतिक दललाई प्रवेश निषेध सम्मको घोषणा गरेका छन् । आयोगले गत कात्तिक २० गतेभित्र सबै जिल्लालाई स्थानीय तह पुनःसंरचना निर्दे्शिकाले तोकेको मापदण्डमा आधारित रही जिल्लामा मापदण्ड पुगेका गाउँपालिका र नगरपालिका सिफारिस गर्न भनेपनि जिल्लामा दलीय सहमति नहँुदा विलम्ब भएको थियो। गत आइतबार दलीय सहमतिमा जिल्लामा रहेका चार भेगलाई नै चार गाउँपालिका बनाउने सहमतिसँगै जिल्ला प्राविधिक समितिले आयोगमा सिफारिस गरेपछि जिल्लाको उत्तरी सोरु भेगमा रहेको ६ नं इलाकामा रहेका तीन गाविस धैनकोट, कालै र रारा गाविसका जनता छुट्टै रारा गाउँपालिकाको माग गर्दै आन्दोलित भएका थिए। आइतबारदेखि आन्दोलन गर्दै आएका त्यस क्षेत्रका जनताले आइतबार जिविस घेराउ, सोमबार जिल्ला प्राविधिक समितिमा ज्ञापनपत्र पेस, मङ्गलबार जिल्ला प्रशासन कार्यालयमार्फत राज्य पुनःसंरचना आयोगमा ज्ञापनपत्र पेस गरेका थिए र बुधबार उक्त क्षेत्रमा रहेका प्रमुख राजनीतिक दलका सबै गाउँस्तरीय पदाधिकारी र सामान्य सदस्यबाट राजीनामा र दललाई आफ्नो क्षेत्रमा प्रवेश निषेधको घोषणा गरेका हुन्। नेकपा ९एमाले०का जिल्ला कार्य समितिका सदस्य एवम् कालै गाविस–२ खनाया गाउँका स्थानीय तीर्थबहादुर शाही सहितको एमाले कार्यकर्ताको टोली एमाले जिल्ला कार्यालयमा पुगी सामूहिक राजीनामा दिएका थिए। राजीनामा पेस गर्दै शाहीले पार्टीले आह्वान गरेका विभिन्न आन्दोलन तथा पार्टीका विभिन्न काममा सक्रियपूर्वक सहभागी भएर पार्टीलाई भोट हालेको र ६ नं इलाकामा रहेका तीन गाविसको एक रारा गाउँपालिका सिफारिस गर्न ज्ञापनपत्र दिए पनि आफ्नो लगानी र मागलाई बेवास्ता गर्दै चार गाउँपालिकामा पार्टी सहमत भएकाले बुधबारको मितिबाट पार्टीको जिल्ला कार्य समिति सदस्य र सम्पूर्ण गाउँस्तरीय समितिका पदाधिकारी तथा सामान्य सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । नेपाली काँगे्रसका जिल्ला कार्य समितिका कोषाध्यक्ष दानबहादुर शाहीको नेतृत्वमा काँग्रेस पार्टी कार्यालय पुगेको इलाका नं ६ का कार्यकर्ताले पार्टी सभापति खड्कबहादुर शाहीलाई राजीनामा पेस गरेका थिए भने नेकपा ९माओवादी केन्द्र० पोलिटब्यूरो सदस्य मङ्गलबहादुर शाहीको घरमा पुगेको माओवादी गाउँस्तरीय कार्यकर्ताको टोलीले पनि सामान्य सदस्य पनि नरहने गरी सामूहिक राजीनामा दिएका थिए। सामूहिक राजीनामा पेस गर्दै जिल्ला समिति सदस्य गुरु प्याकुरेलले आफ्ना क्षेत्रका जनता तथा कार्यकर्ताका मागलाई पार्टीले सामान्य ढङ्गले लिई रारा गाउँपालिकाको मागलाई बेवास्ता गरेकाले सामान्य कार्यकर्ताको माग सुनुवाइ नगर्ने पार्टीको कार्यकर्ता भइरहन नैतिकताले नदिएकाले सबै कार्यकर्ताले राजीनामा दिएको बताएका थिए। जिल्लाको सोरु भेगमा बीच भाग भएर बग्ने मुगु कर्णाली आफ्ना लागि बाधक भएको र प्राविधिक समितिले सिफारिस गरेका हालका पूरै सोरुभेगका सात गाविसको एक गाउँपालिकामा कर्णाली वारिका तीन गाविसका जनतालाई भौगालिक विकटता र नदीका कारण असहज हुने र वडा पनि टाढा हुने भएकाले हाल गाविसबाट पाइरहेका सेवासुविधाभन्दा झन् कठिन र असहज हुने भएकाले पहिल्यैदेखि आफूहरुले तीन गाविसको एक गाउँपालिका सिफारिस गर्न माग गरेको सो क्षेत्रका युवा अगुवा धर्मबहादुर शाहीले बताए। आयोगले जनगणना—२०६८ लाई आधार मानेकाले पाँच वर्षयता आफ्नो क्षेत्रका जनसङ्ख्या वृद्घि भएकाले गाविस प्रोफाइललाई आधार मानी जनसङ्ख्या र बीचमा मुगु कर्णाली रहेका आधारमा छुट्टै गाउँपालिका हुनुपर्ने आफूहरुको जिकिर रहेको पनि शाहीले बताए। पछिल्लो पटक आयोगले मुगुलाई न्यूनतम तीन र अधिकतम पाँच गाउँपालिका सिफारिस गर्न सीमा तोकेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy