Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

ईलाइब्रेरी सञ्चालन गर्न पाँच थान कम्प्युटर सहयोग

\"school-donetion\" तनहुँ, २७ कात्तिक । काठमाडौंको कोटेश्वरस्थित छोरीमैँया श्रेष्ठ स्मृति प्रतिष्ठानले तनहुँ जिल्लाको रिसिङ रानीपोखरी गाविसस्थित दीपक माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा ईलाइब्रेरी संचालन गर्न प्रतिष्ठानले कम्प्युटर उपलब्ध गराएको हो । प्रतिष्ठानका उपाध्यक्ष राजकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक विश्वराज गैह्रेलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । विद्यालयमा पुस्तकालय संचालन हुदाँ विद्यार्थीहरुले पुस्तकको ज्ञानलाई प्रविधीसंगै जोडेर आफ्नो अध्ययनलाई अघि बढाउने मौका पाउने प्रधानाध्यापक गैह्रेले बताए । विद्यार्थीको अध्ययनशैलीलाई आधुनिक युगसँगै विकास गर्ने उद्देश्यले विद्यालयमा ईलाइब्रेरीको अवधारणा अनुरुप कम्प्युटर वितरण गरिएको छोरीमैया श्रेष्ठ स्मृती प्रतिष्ठानका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले जनशक्ति प्राथमिक विद्यालय छाङ्गलाई समेत १ थान कम्प्युटर प्रदान गरेको थियो । जर्मनस्थित अर्काडिज इन्टरनेशनल स्कूलले कम्प्युटरका लागि सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी छोरीमैयाँ श्रेष्ठ स्मृति प्रतिष्ठानले तनहुँका ७ विद्यालयमा अध्ययनरत ४६ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले जनज्योती उच्च माध्यमिक विद्यालय, धर्म मा.वि, बाल शैक्षणिक आधारभुत माध्यमिक विद्यालय, विद्याश्रम प्रावि, दिपक मावि, जनज्योती निमावि र जनज्योती प्राविका विद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी, जुत्ता लगायतका सामाग्री वितरण गरेको छ । प्रतिष्ठानले द एसिया फाउण्डेसनमार्फत प्राप्त पुस्तकहरु धर्म माध्यमिक विद्यालय र दीपक माध्यमिक विद्यालयलाई प्रदान गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy