Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बिद्यालय सुर्धान सिडिओले पढाउँदै

\"15050003_1146782295377431_1981304591_n\"जाजरकोट, २७ कात्तिक । जिल्लालाई शैक्षिक सुधार बर्ष घोषणासंगै सरोकारवाला निकायको पनि चासो बढेको छ । यहाँको शैक्षिक सुधार र सामुदायिक विद्यालय भन्न साथ कमजोर पढाई हुने बुझ्ने परिपाटीलाई बदल्न सरोकारवालाहरु एक जुट भएका हुन् ।

बिद्यालयमा छड्के दसैै तिहारको बिदा सकिएलगत्तै जिल्लाका सबै बिद्यालयमा अनुगमणसंगै शिक्षकको नियमित उपस्थितिलाई कार्यन्यन गर्न जिल्ला शिक्षा कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले शैक्षिक क्यालेण्डरलाई कडाईका साथ कार्यन्वयन गर्न र बिद्यार्थीहरुको पढ्न पाउँने अधिकार बाट सुरक्षित गर्न नियमित छड्के जाँच गर्ने गरेको छ । जिल्ला शिक्षा अधिकारी ललितबिक्रम सिंह आफैले स्थानीय राजनीतिक दल, नागरिक समाज र अन्य बुद्धीजिवीलाई विद्यालय खुलेको वा नखुलेको, नियमित पढाई भए, नभएको कार्यालयबाट टेलिफोन गरी जानकारी लिने गरेको पाईएको छ ।

बिद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमतिमा गर्न दवाब दिदै आएको जिल्ला शिक्षा कार्यालयले जिल्लाका ६० प्रतिशत भन्दा वढी विद्यालयले सहमतिमा विव्यस गठन गरेको जनाकारी दिएको छ । सहमति अनुसार विव्यस गठन नहुँदा जिल्लाका अधिकांश विद्यालयहरु शैक्षिक क्रियाकलाप खस्किएको भन्दै थियो । जाजरकोटमा अधिकांश विद्यालयमा बिद्यार्थी अनुसारको विद्यालयमा दरवन्दी नहुँनु, अस्थायी स्वीकृती लिएर विद्यालय सञ्चालन हुनु जस्ता समस्या रहेका छन् । जिल्ला शिक्षा कार्यालयको यो अभियानलाई साथ दिन प्रमूख जिल्ला अधिकारी जनार्दन गौतमले पनि समय मिलाएर विद्यालय अनुगमण निरिक्षण गर्ने गरेका छन् ।

छात्रवृत्तिमा यस्तो छनक छात्रवृतीको रकमलाई दुरुपयोग हुँन नदिन जिल्ला शिक्षा कार्यालयले विद्यालयमा गएको रकम आफ्नो सुचना पाटीमा र सम्बन्धित गाविस कार्यालयमा सुचना टाँस गने अभियान यसै वर्ष देखी सुरु गरेको छ । भौतिक पुर्वधारको समुचित वितरणका लागी एक विद्यालय एक भौतिक पुर्वधार हुँनुका साथै सवै विद्यालयलाई फर्निचर यूक्त विद्यालय वनाउने अभियान समेत सुरु गरेको छ । यसका लागी कार्यालयले सवै सरोकारवालासंग छलफल समेत गरि कार्यन्वयन तहमा पुगेको जनाएको छ । आफु अनुकुलको विद्यालयमा मात्र भौतिक पुर्वधार निर्माणमा जोड दिने चलन बढेपछि कार्यालयले सवैले अपनत्वका लागी यस्तो कार्य अगाडी बढाएको छ ।

११ स्थानमा नमुना विद्यालय यसै बर्ष देखी नमुना विद्यालय निर्माण कार्य सुरु भई जिल्लाका ११ स्थानमा नमुना विद्यालय समेत निर्माण भईसकेका कार्यालयले जनाएको छ । विद्यालयमा महिनावारी हुँदा छात्राहरुलाई पर्ने असर र सोही कारणले विद्यालय नै छाड्नु पर्ने समस्यालाई हल गर्न प्रत्येक विद्यालयमा जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा मेसेनरी प्याडको व्यवस्था समेत गरिएको छ । यो व्यवस्थासंगै छात्राहरुको विद्यालयमा पढाईमा हुने समस्या हल भएको छ । जिल्लाको दिपेन्द्र मावि भुरमा महिनावारी हुँदा समस्या भएमा आराम गर्नका लागी छुट्टै आराम घरको निर्माण गरिएको छ ।

बिद्यालय नआउने शिक्षकलाई प्रहरीको कडाई बिद्यालयमा छात्रा, छात्र शौचालय निर्माण नभएको ठाउँमा तत्काल निर्माणका लागी कार्ययोजना तयार पारी काम अगाडी बढाएको जिशिअ सिंहले बताए । जिल्ला शिक्षा कार्यालयले पाँच वर्षे रणनीतिक शिक्षा योजना बनाई काम समेत अगाडी वढाएको छ । पछेल्लो समयमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम समेत विद्यालयको कक्षा कोठा, कोठामा पुगेर विद्यार्थी पढाउने,पिर मर्का वुझने कार्यले गर्दा थप सकरात्मक प्रभाव परेको छ । नपढाउने आधा दर्जन शिक्षकले राजिनामासमेत दिईसकेको कार्यालयले जनाएको छ ।

त्यस्तै कामचोर शिक्षकको तलव समेत काट्ने कामले गर्दा सुधारको लागी थप कार्य अगाडी वढेको छ । कार्यालयले सहज रुपमा सुचना प्रवाह गर्नका लागी आफ्नो वुलेटिन र रेडियो कार्यक्रम सुरु गर्ने अभियानसंगै लिएको छ । बिद्यालय खुल्ने समयमा शिक्षक विद्यालयमा नगएको पाईएमा नेपाल प्रहरीले बिदामा वसेको हो या होईन पनि खानतलास गरी जिल्ला शिक्षा कार्यालयमा जानकारी दिन थालेपछि कामचोर शिक्षकहरु हैरान भएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy