Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कता छन् विप्लव ? के गर्दैछ उनको पार्टी ?

काठमाडौं, गतहप्ता ड्यास माओवादीको केन्द्रीय कार्यालय, बुद्धनगरमा भएको ६ माओवादी घटकहरुको बैठकमा झुल्केका नेत्रविक्रम चन्द ‘विप्लव’ सोही बैठकको निर्णयानुसार राजधानीमा  शनिबार सम्पन्न ६ घटकको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएनन् । विप्लव नेतृत्वको पार्टीका वयोवृद्ध नेता तथा सोही पार्टी नेतृत्वमा गठित संयुक्त मोर्चाका अध्यक्ष तिलक परियारले सम्बोधन गरे अन्तर्क्रियामा । स्रोतका अनुसार बुद्धनगरको सोही बैठकको भोलिपल्टैदेखि विप्लव राजधानीमा छैनन् । र, अन्य माओवादी घटकहरुले प्राथमिकतामा राखेका संघर्षका कार्यक्रमहरुप्रति पनि विप्लव र उनको पार्टीले खासै महत्व दिइरहेका छैनन् । माओवादी आन्दोलनको पुनर्गठन र ध्रुवीकरणका लागि भन्दै दोस्रो पुस्ताका युवानेताहरुले अघि बढाइरहेको पहलमा पनि विप्लव माओवादीको त्यति धेरै वास्ता देखिँदैन । स्थायी समितिका सदस्य धर्मेन्द्र बास्तोलालाई पठाएर पार्टीको संलग्नता झल्काए तापनि तत्काल एकीकरण र ध्रुवीकरण हुने विश्वास विप्लव माओवादीमा देखिँदैन । र, माओवादी घटकहरुबीच एकीकरण भई नै हालेमा पनि त्यस्तो एकता ‘क्रान्ति’ का लागि उतिसारो कामयावी नहुने विप्लव माओवादीको ठहर छ । एमाओवादीको नेतृत्वमा विभिन्न घटक तथा मोर्चाहरुले चलाइरहेको आन्दोलनलाई त झन् विप्लव माओवादीले पटक्कै महत्व दिइरहेको छैन । सो पार्टीले ‘संसदीय घेराभित्रै कैद भएर क्षुद्र स्वार्थपूर्तिका लागि दिइएको दबाब’ का रुपमा यो आन्दोलनलाई लिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीले कहिले नैतिक समर्थन त कहिले संयुक्त संघर्षका रुपमा सहभागिता जनाए पनि विप्लव माओवादीले भने यी आन्दोलनहरुलाई पटक्कै वास्ता गरेको देखिँदैन । ‘प्रचण्ड–बाबुराम नेतृत्वको एमाओवादीले क्रान्ति गर्ने सम्भावना सकिएको’ ठहर गर्दै वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन गर्न मुख्य भूमिका खेलेका विप्लव अन्ततः वैद्य–बादलहरुको नेतृत्वमा समेत क्रान्ति अगाडि नबढ्ने निष्कर्षमा पुगे । त्यसपछि आफ्नै नेतृत्वमा नयाँ माओवादी गठन गरेका विप्लव काङ्ग्रेस–एमालेले रोल्पादेखि दिल्ली हुँदै काठमाडौंसम्ममा भएका सबै सहमति–सम्झौताहरु तोडेको निष्कर्ष निकाल्दै नयाँ क्रान्तिको पहल गर्ने निर्णयमा पुगेका छन् । राजधानीमा एकाथरी शक्तिहरु ‘संविधानसभाको प्रक्रिया अवलम्बन गरेर’ छिट्टै संविधान घोषणा गर्ने तर्खरमा छन् भने अर्काथरी ‘सडक संघर्षको बलमा कांग्रेस–एमालेलाई लतारेर’ सहमतिमै संविधान घोषणा गराइछाड्ने भन्दै संघर्षमा छन् । तर, विप्लव नेतृत्वको माओवादी भने ती दुवैथरीलाई ‘एकै सिक्काका दुई पाटा’ भएको आरोप लगाउँदै आफूहरु ‘जनतामा फर्केर भिन्नै तरिकाले क्रान्ति अगाडि बढाउने’ बताइरहेको छ । सबैजसो माओवादी घटकका प्रमुख नेताहरु जमघट भई राजधानीमा साझा, संयुक्त र एकताउन्मूख गतिविधि चलाइरहँदा विप्लव भने आफ्नो पार्टीका काममा राजधानीबाहिरै व्यस्त छन् । विप्लव माओवादीमा आबद्ध सामना सांस्कृतिक परिवारले मेचीदेखि महाकालीसम्म सांस्कृतिक जागरण अभियान चलाइरहेको छ भने पार्टीका विभिन्न स्थानीय कमिटीहले ठाउँठाउँमा ‘दलाल, सामन्त र सुराकी’ हरुका घरजग्गा कब्जा गर्दै झन्डा गाड्न थालेको छन् । यसै मेसोमा ‘विप्लव र उनको पार्टी के गरिरहेका छन्’ भनेर गृह मन्त्रालय तथा सुरक्षा निकायले चनाखो भएर खोजीनीति गर्न थालेका समाचारहरु प्राप्त भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy