Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कता छन् विप्लव ? के गर्दैछ उनको पार्टी ?

काठमाडौं, गतहप्ता ड्यास माओवादीको केन्द्रीय कार्यालय, बुद्धनगरमा भएको ६ माओवादी घटकहरुको बैठकमा झुल्केका नेत्रविक्रम चन्द ‘विप्लव’ सोही बैठकको निर्णयानुसार राजधानीमा  शनिबार सम्पन्न ६ घटकको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएनन् । विप्लव नेतृत्वको पार्टीका वयोवृद्ध नेता तथा सोही पार्टी नेतृत्वमा गठित संयुक्त मोर्चाका अध्यक्ष तिलक परियारले सम्बोधन गरे अन्तर्क्रियामा । स्रोतका अनुसार बुद्धनगरको सोही बैठकको भोलिपल्टैदेखि विप्लव राजधानीमा छैनन् । र, अन्य माओवादी घटकहरुले प्राथमिकतामा राखेका संघर्षका कार्यक्रमहरुप्रति पनि विप्लव र उनको पार्टीले खासै महत्व दिइरहेका छैनन् । माओवादी आन्दोलनको पुनर्गठन र ध्रुवीकरणका लागि भन्दै दोस्रो पुस्ताका युवानेताहरुले अघि बढाइरहेको पहलमा पनि विप्लव माओवादीको त्यति धेरै वास्ता देखिँदैन । स्थायी समितिका सदस्य धर्मेन्द्र बास्तोलालाई पठाएर पार्टीको संलग्नता झल्काए तापनि तत्काल एकीकरण र ध्रुवीकरण हुने विश्वास विप्लव माओवादीमा देखिँदैन । र, माओवादी घटकहरुबीच एकीकरण भई नै हालेमा पनि त्यस्तो एकता ‘क्रान्ति’ का लागि उतिसारो कामयावी नहुने विप्लव माओवादीको ठहर छ । एमाओवादीको नेतृत्वमा विभिन्न घटक तथा मोर्चाहरुले चलाइरहेको आन्दोलनलाई त झन् विप्लव माओवादीले पटक्कै महत्व दिइरहेको छैन । सो पार्टीले ‘संसदीय घेराभित्रै कैद भएर क्षुद्र स्वार्थपूर्तिका लागि दिइएको दबाब’ का रुपमा यो आन्दोलनलाई लिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीले कहिले नैतिक समर्थन त कहिले संयुक्त संघर्षका रुपमा सहभागिता जनाए पनि विप्लव माओवादीले भने यी आन्दोलनहरुलाई पटक्कै वास्ता गरेको देखिँदैन । ‘प्रचण्ड–बाबुराम नेतृत्वको एमाओवादीले क्रान्ति गर्ने सम्भावना सकिएको’ ठहर गर्दै वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन गर्न मुख्य भूमिका खेलेका विप्लव अन्ततः वैद्य–बादलहरुको नेतृत्वमा समेत क्रान्ति अगाडि नबढ्ने निष्कर्षमा पुगे । त्यसपछि आफ्नै नेतृत्वमा नयाँ माओवादी गठन गरेका विप्लव काङ्ग्रेस–एमालेले रोल्पादेखि दिल्ली हुँदै काठमाडौंसम्ममा भएका सबै सहमति–सम्झौताहरु तोडेको निष्कर्ष निकाल्दै नयाँ क्रान्तिको पहल गर्ने निर्णयमा पुगेका छन् । राजधानीमा एकाथरी शक्तिहरु ‘संविधानसभाको प्रक्रिया अवलम्बन गरेर’ छिट्टै संविधान घोषणा गर्ने तर्खरमा छन् भने अर्काथरी ‘सडक संघर्षको बलमा कांग्रेस–एमालेलाई लतारेर’ सहमतिमै संविधान घोषणा गराइछाड्ने भन्दै संघर्षमा छन् । तर, विप्लव नेतृत्वको माओवादी भने ती दुवैथरीलाई ‘एकै सिक्काका दुई पाटा’ भएको आरोप लगाउँदै आफूहरु ‘जनतामा फर्केर भिन्नै तरिकाले क्रान्ति अगाडि बढाउने’ बताइरहेको छ । सबैजसो माओवादी घटकका प्रमुख नेताहरु जमघट भई राजधानीमा साझा, संयुक्त र एकताउन्मूख गतिविधि चलाइरहँदा विप्लव भने आफ्नो पार्टीका काममा राजधानीबाहिरै व्यस्त छन् । विप्लव माओवादीमा आबद्ध सामना सांस्कृतिक परिवारले मेचीदेखि महाकालीसम्म सांस्कृतिक जागरण अभियान चलाइरहेको छ भने पार्टीका विभिन्न स्थानीय कमिटीहले ठाउँठाउँमा ‘दलाल, सामन्त र सुराकी’ हरुका घरजग्गा कब्जा गर्दै झन्डा गाड्न थालेको छन् । यसै मेसोमा ‘विप्लव र उनको पार्टी के गरिरहेका छन्’ भनेर गृह मन्त्रालय तथा सुरक्षा निकायले चनाखो भएर खोजीनीति गर्न थालेका समाचारहरु प्राप्त भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: