Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

३० लाख आप्रवासीलाई देश निकाला गर्छु : ट्रम्प

\"trump-750\"एजेन्सी, २९ कात्तिक । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख अवैध आप्रवासीलाई देश निकाला गर्ने बताएका छन् । अमेरिकी च्यानल सीबीएस मा अन्तर्वार्ता दिने क्रममा ट्रम्पले अपराधीक रेकर्ड भएका आप्रवासीलाई कारवाही गर्ने बताए । ‘अपराधिक समूहका सदस्य, ड्रग डिलरलाई कारवाही गरिनेछ ।’ ट्रम्पले भने । ट्रम्पले चुनावी अभियानको क्रममा मेक्सिकोको सीमामा पर्खाल बनाउने घोषणा गरेका थिए । उनले आफू उक्त बादामा अडिग भएको बताएका छन् । उनले पर्खालसँगै बार पनि लगाउन सकिने बताए । ट्रम्पले सीबीएसको साक्षात्कारमा भने, ‘ जो अपराधी हो र जसको आपराधिक रेकर्ड छ, ग्यांगको सदस्य, ड्रग डिलर छ, हामी उसको पत्ता लगाउँछौं । यस प्रकारका मानिस अमेरिकामा थुप्रै छन् । सायद २० लाख वा ३० लाख पनि हुनसक्छन् । हामी उनीहरुलाई देश निकाला गर्छौं या जेलमा हाल्छौं । ’ गत मंगलबार अमेरिकामा भएको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिनटनलाई हराउँदै राष्ट्रपति निर्वाचित भएका थिए । ट्रम्पले जनावरी २० मा आफ्नो कार्यभार सम्हालनेछन् । अमेरिकी कांग्रेसको दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ । अमेरिकामा विना कागजात १ करोड १० लाख आप्रवासी रहेको अनुमान छ । जसमा मेक्सीकोबाट आएकाको संख्या धेरै छ । ट्रम्पले राष्ट्रपति बाराक ओबामाको कार्याकालमा ल्याइएको आप्रवासीलाई माफी दिने कानुन आफ्नो कार्यकालमा खारेज गरिने चुनाव प्रचार अभियानमा घोषणा गरेका थिए । मेक्सिकोको सीमाको बारेमा उनको योजना के हो भनि गरिएको प्रश्नमा ट्रम्पले भने, ‘केही भागमा पर्खाल लगाउनु उपयुक्त हुन्छ, तर केही भागमा बार पनि लगाउन सकिनेछ ।’ बिबिसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending