Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

‘प्रवेशाज्ञा प्रक्रिया निजी कम्पनीलाई दिने कार्य तत्काल रोक्न निर्देशन’

काठमाडौं, प्रवेशाज्ञा प्रक्रिया निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ । प्रवेशाज्ञा प्रक्रिया निजी कम्पनीलाई दिँदा देशको सुरक्षा व्यवस्था र प्रतिष्ठामै खलल पुग्ने देखिएकाले तत्काल सो प्रक्रिया रोक्न र सम्बन्धी प्रक्रियाको सम्पूर्ण कागजात समितिमा पेस गर्न निर्देशन दिएको समितिका सभापति प्रभु साहले बताए । आइतबार बसेको समितिको बैठकमा बोल्ने सबै सभासद्ले प्रवेशाज्ञा प्रक्रियाको विरोध गर्दै त्यसलाई तत्काल रोक्नुपर्ने माग गरेका थिए । तर मन्त्रीपरिषद बैठकमा यस सम्बन्धी प्रस्ताव लैजाने गृहमन्त्री बामदेव गौतम भने बैठकमा सभासदहरुको हप्की खाने डरले गएनन् । बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुक प्रविधिमा कमजोर भएकाले अध्यागमनलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित प्रवेशाज्ञामा निजी कम्पनीलाई दिनेबारे छलफलमात्रै चलेको तर त्यसबारे टुङ्गिइनसकेको जानकारी दिए । उनले प्रवेशाज्ञा प्रक्रियाबारे अहिले ल्याउने भनिएको प्रविधिबारे थप छलफल गर्नु आवश्यक रहेको स्वीकार गर्नुभयो । मुख्य सचिव लीलामणि पौड्यालले प्रवेशाज्ञाका लागि २५ डलर तिर्नुपर्ने प्रस्तावमा रहेको जानकारी दिँदै त्यसको पूर्ण खाका बनिनसकेको जानकारी दिए । उनले नेपालको निजामती सेवाको सक्षमतामाथि प्रश्न उठेको बताउँदै कर्मचारीहरु प्रवेशाज्ञा प्रक्रियालाई व्यवस्थित गर्न सक्षम रहेको टिप्पणी गरे । बैठकमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधव नेपालले प्रवेशाज्ञा प्रक्रियाका बारेमा गम्भीर आशङ्का उत्पन्न भएको बताउँदै सरोकारवाला निकायसँग व्यापक छलफल आवश्यक रहेकामा जोड दिए  । उनले यस विषयमा धेरै प्रश्न उब्जिसकेपछि आइतबारको बैठकमा उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम उपस्थित भएको भए राम्रो हुने बताए । सभासद् बलबहादुर केसीले प्रस्तावमा नेपालको कर्मचारीतन्त्र असक्षम रहेको उल्लेख हुनु विडम्बनापूर्ण भएको धारणा राखे । सभासद् राधा तिमिल्सिनाले लोकसेवा आयोगले १० हजार आवेदकमध्ये १० जना उत्कृष्टलाई कर्मचारी छान्ने भन्दै उनीहरुलाई असक्षम ठानी निजी क्षेत्रलाई सक्षम ठान्नु गलत हुने बताइन । बैठकमा जीतेन्द्र देव, लक्ष्मी राई, पुष्कर आचार्य, सोमप्रसाद पाण्डे, राधा तिमिल्सिनालगायतका सभासद्ले अध्यागमनजस्तो संवेदनशील क्षेत्र निजी क्षेत्रलाई जिम्मा दिन खोज्नु गैरजिम्मेवारीको पराकाष्टा भएको धारणा राखेका थिए । बैठकमा १५ जना सभासद्ले धारणा राखेकामा सबैले प्रवेशाज्ञा प्रक्रिया निजी क्षेत्रलाई दिने प्रक्रियाको विरोध गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy