मंसिर ४ गते, २०७३ शनिवार 19th November, 2016 Sat१२:०४:४५ मा प्रकाशित
काठमाडौं, ४ मंसिर । बाँके कोहलपुरका २० वर्षीय युवा शिव लम्साल विहान सात बजे नै आफ्नो फार्ममा पुग्छन् । कोहलपुर नगरपालिकाको मैतहवास्थित उक्त फार्ममा झण्डै पाँच विगाहा जग्गामा ब्यवसायिक तरकारी खेती गरिएको छ ।
विहान सबैले खाना बाकेर आफ्नो बारीमा पुग्ने शिव बेलुका अध्यारो नहुँदासमम काममै घोटिरहन्छन् । शुक्रबार दिउँसो टमाटरका लागि डोरी बाँध्दै गरेका उनी विहानदेखि बेलुकासम्म नै काममा रमाउँछन् । उनीसँगैका थुप्रै साथीहरु फुर्सदिला भएर दिनभर घुमिरहँदा उनलाई आफ्नै खेतबारीको मात्रै चिन्ता देखिन्छ ।
अहिले झण्डै तीन विगाहा क्षेत्रमा टमाटर, खुर्सानी, भेडे खुर्सानी लगाइएको छ । अरु दुई विगाहा खेतमा यस्तै उन्नत जातको अन्य तरकारी लगाउने योजना उनी सुनाउँछन् ।
कोहलपुर चप्परगौडीमा उँखुको जुस पेलेर विक्री गर्ने गरेका शिव दुई वर्षअघि साना किसान कृषि सहकारी संस्थाको आवद्धतामा साना किसान बैंकको पहलमा कृषि प्रशिक्षार्थीका रुपमा इजरायल पुगे । प्रशिक्षार्थी कामदारका रुपमा जम्मा १० महिनाका लागि इजराजल जाने मौका पाएका उनी इजरायलबाट फर्किएपछि ब्यवसायिक कृषितिर लाग्ने सोँचे ।
‘इजरायलको मरुभूमिमा त हामीले नै तरकारी फलाएर आयौं भने यहाँको भूमि त धेरै उर्बर छ,’ उनी भन्छन्, ‘मेहनत गर्ने हो भने त हामीले यहीँ नै सुन फलाउन सकिन्छ भन्ने विश्वास जाग्यो ।’ इजरायलको मरुभूँमी आफ्नै मेहनतबाट एउटै बोटमा २५ किलोसम्मको फर्सी फलाएको उनी सम्झिन्छन् ।
विदेशमा गरेको दुःख सम्झेर नै कृषि कर्म थाल्ने सोँचेक शिवलाई कृषि फर्मतिर डोर्याउँने सहयात्री बने कोहलपुरकै डा.सुनिल ढकाल । केही गर्नुपर्छ भन्ने डा.ढकालले केही वर्षदेखि शुरु गरेको समृद्धि कृषि फार्ममा उनी तानिए । अंग्रेजी विषयमा विद्यावारिधि गरेका ढकाल पनि कृषि कर्ममा नै रमाउँछन् । उनैको साथमा ब्यवसायिक कृषितिर आकर्षित भएका शिवले अबको तीन महिनामा १५ लाखको टमाटर (गोलभेँडा) बेच्ने योजना बुनेका छन् ।
घामपानी केही नभनी कृषिकर्ममा लागेका युवाहरु विउविजन तथा किटनाशक औषाधि र भिटामिनसमेत आफ्नै ठाउँमा नपाउँदा भने दिक्क छन् । विउविजन लिन कि त काठमाडौं जानुपर्ने कि भारतको रुपैडिहा पुग्नुपर्ने बाध्यता पनि उनले सुनाए ।
[caption id=\"attachment_102692\" align=\"alignleft\" width=\"750\"] इजरायलमा काम गर्दा भएको उब्जनी (फर्सी) देखाउँदै शिव लम्साल साथमा उनीसँगै गएका पवन[/caption]
इजरायलमा प्रशिक्षार्थीका रुपमा जाँदा १८ घण्टासम्म काममा जोतिनुपरेको सम्झिँदा कामदारकै रुपमा जानेहरुको पीडा कस्तो होला भन्ने शिवलाई इजरायलमै लागेको थियो ।
इजरायलको दश महिने कामको उपलब्धिमा पाएको डिप्लोमा इन एग्रिकल्चरको प्रमाणपत्र दराजमा थन्क्याएर खेतबारी पसिना बगाएका शिव आफूजस्ता युवाहरुलाई पनि विदेशमा पसिना बगाउन भन्दा आफ्नै भूमिमा नंग्रा खियाउन सुझाउँछन् । गरेमा के हुँदैन र ? भन्ने आत्मविश्वास पालेका उनी तरकारीका लागि आवश्यक मलखादका लागि पशुपालन पनि गर्ने सोंच बनाएका छन् ।
काठमाडौं, ५ चैत । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान नै निर्वाचन आयोगले संशोधन गरिदिएको विषय अहिले निकै ठूलो बहसको विषय भएको छ । रा...
सरकारले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गराएपछि प्रमुख राजनीतिक दलहरुबीच द्वन्द्व बढेको छ । संशोधन विधेयकबारे प्रमुख प्रतिपक्ष दल नेकप...
काठमाडौं, ५ मंसिर । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको पनि आज (मंसिर ५) ठीक दश वर्ष पुगेको छ । आजभन्दा दश वर्षअघि २०६३ मंसिर ५ गते तत्काल...
केही दिनयता नेपाली राजनीति लोकमानमय भएको छ । सर्वोच्च निकायका दुई कार्कीबीचको प्रतिशोधका कारण बल्झिएको राजनीतिले नेपाली राजनीतिकलाई नै तरंगित बनाएको छ...
प्रतिकृया लेख्नुहोस्: