Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

डा. केसीको मागलाई महत्व नदिए ठिक हुन्न : प्रचण्ड

काठमाडौं, मेडिकल माफीया विरुद्ध भन्दै ९ दिनदेखि अनसनमा रहेका शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भेटेका छन् । सोमबार बिहान  अनसन स्थल शिक्षण अस्पताल पुगेर  अध्यक्ष प्रचण्डले केसीलाई भेटेका हुन् । भेटका क्रममा केसीले उठाएको माग प्रति ऐक्यबद्धता जनाउँदै उनले सरकारले माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । ‘तपाईंको माग प्रति ऐक्यबद्धताको लहर देखिएको छ । तपाईंले विल्कुल सहि कुरा गर्नु भएको छ ।’ उनले भने ‘ वर्तमान सरकार  भ्रष्टाचार र माफीयाहरुले चलाईरहेका छन् ।’ प्रचण्डले आईतबार प्रधानमन्त्रीसँगको भेटका क्रममा पनि केसीको माग सम्बोधन गर्न आग्रह गरेको उल्लेख गर्दै उनले आजको भेटमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने आश्वसन दिएका थिए । ‘मैले हिजो पनि कुरा राखेको छु ।  आज पनि प्रधानमन्त्रीलाई कुरा गर्छु ।’ उनले भने ‘यदि उहाँले  महत्व दिनु भएन भने ठिक हुन्न ।’ आफूले अनसनको स्थितिको अन्त्य होस् भन्ने चाहेको भन्दै उनले केसीको माग  अबिलम्ब सम्बोधन गरेर अनसन तोडाउन सरकारसँग माग गरे । ‘सरकारका स्वास्थ्य मन्त्री जस्तो व्यक्तिले उहाँको आन्दोलनलाई अपमान गरेको सुन्दा मलाई दुःख लागेको छ । उनले भने ‘उहाँलाई अपमान गरिनु राम्रो होइन ।’ प्रचण्डसँगको भेटको क्रममा केसीले आफूले थालेको आन्दोलन यो तीन करोड नेपालीको स्वास्थ्यको लागि भएको बताएका थिए  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy