Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

डा. केसीका १० मध्ये एउटा मागमा कुरा मिलेन

\"gobinda_kc-400\"काठमाडौं, १० दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच अहिले वार्ता चलिरहेको छ । अनसनस्थल शिक्षण अस्पतालमा सरकारका तर्फबाट मुख्य सचिव लिलामणि पौडेल र अनसनरत डा.केसीबीच वार्ता भइरहेको हो । आजको वार्ताबाट अनसनको अन्त्य हुने संभावना देखिएको छ । केसीको १० माग मध्ये ९ माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मुख्य सचिव पौडेलले दाबी गरेका छन् । ‘हामीले उहाँको १० माग मध्ये ९ माग पुरा गर्नेछौं’ खबरडबलीसँगको कुराकानीमा पौडेलले भने ‘आजै अनसनको अवस्थाको अन्त्य गर्न सरकार प्रतिवद्ध छ ।’ छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल, मुख्यसचिव लीलामणि पौडेल, त्रिविका निर्देशक, डिनसहित सात पदाधिकारी संलग्न छन् । सोमबार राति बाह्र बजेसम्म प्रधानमन्त्रीनिवास बालुटारमा प्रधानमन्त्री कोइराला, मन्त्रीहरु, मुख्यसचिव लगायतको छलफलमा डा. केसीका ९ माग पूरा गर्ने निष्कर्ष निकालिएकाले सोहीअनुसार उनीहरु मंगलबारको वार्तामा प्रस्तुत भइहेका छन् । यसैबीच डा. केसी र उनका मागको समर्थनमा करिव २ यस आवासीय चिकित्सकहरूले मंगलबार एक घन्टा प्रदर्शन गरे । डा. गोविन्द केसीतर्फको वार्ता टोलीका सदस्य डा. रामचन्द्र सापकोटाले खबरडबलीलाई बताएअनुसार डा. केसीका मागमा मंगलबारै सहमति हुने सम्भावना छ । दिउँसो साढे बाह्र बजेसम्म वार्ता जारी नै छ । १० मध्ये उपकुलपति हटाउने माग भने सरकारी पक्षबाट अस्वीकार गरिदैं आएको छ । यस्ता छन् केसीका १० बुंदे माग
  • चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालय निर्माण हुनु अघि मेडिकल कलेजको सम्बन्धन रोक्नुपर्ने ।
  • भ्रष्ट र चरम अनियमिततामा संलग्न भएका  त्रिविका पूर्व पदाधिकारीलाई तत्काल कारवाही गर्दै आइओएम सार्ने त्रिवि सिनेटको निर्णय तत्काल फिर्ता गर्नुपर्ने ।
  • भ्रष्टाचार र चरम अनिमियतामा संलग्न  भएको भनेर उच्चस्तरीय तोकेका आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि कारवाही तथा आइओएमलाई बाइपास गरेर फ्याकेल्टी बोर्डको निर्णय विरुद्ध अनुगमनमा गएर फर्जी रिपोर्ट दिने विरुद्ध तत्काल कारवाही गर्नुपर्ने ।
  • चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र  चिकिस्ता शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले बुझाएका प्रतिवेदन लागु गरिनु पर्ने ।
  • राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको समितिले दिएको रिपोर्ट कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने ।
  • गैर कानुनी रुपले केयुले दिएको मेडिकल कलेजको सम्बन्धन रोकी सम्बन्धन दिन प्रेरित गर्ने निकायलाई कारवाही गर्नुपर्ने ।
  • काउन्सिल र विश्वविद्यालयले लिने प्राविधिक निर्णयहरुमा अदालतले बारम्बार गरेको हस्तक्षेप र गुणस्तर नपुगेका कलेजहरुमा अनिवार्य प्रवेश परिक्षामै नबसेका परिक्षार्थीलाई पढाउन पाउने भन्ने अदालतको फैसलाको कानुन बमोजिम छानबिन गर्नुपर्ने ।
  • त्रिवि, आइओएमलगायतका नेतृत्वदायी नियमन निकायहरुमा राजनीतिक भागबन्डाको आधारमा पदाधिकारी नियुक्त बन्द गर्नुपर्ने ।
  • आम मानिसका लागि सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउनको लागि चिकित्सा तथा नर्सिङ र प्यारामेडिकल कोर्सहरुमा विद्यार्थीलाई निःशुल्क तथा न्युनतम शुल्कमा पढाउनु पर्ने ।
  • पूर्व सम्झौता अनुरुप ग्रामीण क्षेत्रसम्म मेडिकल कलेज खोल्ने वातावरण बनाउनु पर्ने ।
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies