Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्थानीयवासीको अवरोधले कालीगण्डकी प्रसारणको काम प्रभावित

[caption id=\"attachment_77078\" align=\"aligncenter\" width=\"750\"] फाइल फोटो[/caption] पर्वत, २६ मंसिर। पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ । उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध सिर्जना गरेपछि काम प्रभावित बनेको हो । आयोजनाको धाइरिङ खण्डअन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुने भन्दै प्रभावित बासिन्दा विरोधमा उत्रिएका हुन् । आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने धाइरिङको वडा नं २, ३ र ४ का स्थानीयवासीले बस्ती नजिकको खेतीयोग्य जमिनबाट लाइन विस्तार गर्न नहुने भन्दै विरोध गर्दै काम गर्न रोक लगाएका छन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्भेलाई परिवर्तन गरी फाँटबाट लैजान खोज्दा स्थानीयवासी चर्को विरोध उत्रिएका हुन् । फाँटबाट प्रसारण लाइन विस्तार गर्दा खेतीयोग्य जमिनमा असर पु¥याउने भएकाले यसको विकल्प खोज्न प्रभावित स्थानीयवासीले आयोजनासमक्ष माग गरेका छन् । दुई सातादेखि खेतीयोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निर्णय गर्र्दै काम गर्न अवरोध गर्दै आएको सङ्घर्ष समितिका संयोजक टुङ्गनाथ आचार्यले बताए । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रसारण लाइन विस्तार गर्दा दीर्घकालीन रुपमा ठूलो असर पु¥याउने भएकाले आफूहरु विरोधमा उत्रिन बाध्य भएको उनले बताए । आयोजनाले सल्यानको फाँटमा तीनवटा एङ्गल टावर बनाउन लागेको हो । टावरसँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद बिक्री गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताए । आयोजनाका कर्मचारी र स्थानीयवासीको छलफलबाट गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदलका सदस्य शेरबहादुर केसीले जानकारी दिए । आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीको मागलाई आयोजनाले गम्भीर रुपमा लिएको बताए । उनले प्रसारण लाइनबाट प्रभावित स्थानीयवासीलाई नियमानुसार मुआब्जा दिने र राष्ट्रिय गौरवको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्नेमा जोड दिए । आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्ड ४० किमी लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सवस्टेसन निर्माणका लागि दुई अर्ब ६० करोड रूपैयाँ खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो । आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सवस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending