Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

महायज्ञमा एकै व्यक्तिद्वारा १० लाख दान

\"\"चितवन, २६ मङ्सिर । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा चलिरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान गरिएको छ । रत्ननगर–१३ जयमङ्गलास्थित श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको आयोजनामा चलिरहेको महायज्ञमा स्थानीय व्यवसायी भेषराज दुवाडीले रु १० लाख दान गरेका छन् । महायज्ञ मूल समारोह समितिका संयोजकसमेत रहेका दुवाडीले पुण्य कामका लागि आफूले सो रकम दान गरेको बताए । श्रीराम मन्दिर परिसरमा संस्कृत विद्यापीठ बनाउने उद्देश्यले सञ्चालन गरिएको महायज्ञमा शनिबारसम्म रु ३७ लाख २४ हजार ६५० आर्थिक सङ्कलन भएको छ । रत्ननगर–१३ निवासी लक्ष्मीप्रसाद कट्टेलले रु एक लाख ५१, नरराज सुवेदीले रु एक लाख ११ हजार, श्यामकृष्ण बगालेले रु एक लाख ११ हजार, रामप्रसाद भट्टराईले रु एक लाख एक हजार र दयाराम कँडेलले रु एक लाख एक हजार सहयोग गरेका छन् । वैदिक सनातन धर्मको संरक्षण, हालको गुरुकुलमलाई कक्षा १२ सम्म विस्तार, गुरुकुलमका लागि छुट्टै आवास तथा छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागि महायज्ञ आयोजना गरिएको हो । छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागिसमेत महायज्ञबाट आएको रकम खर्चिने छ । महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले कथावाचन गरिरहनुभएको छ । मङ्सिर २९ गतेसम्म चल्ने महायज्ञबाट रु एक करोड उठाउने लक्ष्य राखिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending