Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पुष्पा बन्छिन् त ‘सीएनएन सुपर हिरो’ ? यसरी दिनुस् भोट

\"\"काठमाडौं, २६ मंसिर । अमेरिकी टेलिभिजन सीएनएनबाट ‘सीएनएन हिरो’ अवार्ड पाएकी नेपालकी पुष्पा बस्नेत सीएनएन सुपर हिरोका लागि मनोनयनमा परेकी छिन् । सीएनएनले अवार्ड वितरण गर्न थालेको दश वर्ष पुगेको अवसरमा ‘सुपर हिरो’ छनोट गर्न लागेको हो । विभिन्न कारागारमा जेल सजाय भोगिरहेका आमाहरुसँग रहेका बालबालिकालाई पुष्पाले आश्रय दिँदै आएकी छन् । प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गरी बाबुआमाका कारण बालबालिकाहरु पनि जेलमा रहन बाध्य बालबालिको पुष्पाले उद्धा गर्दैै आएकी छन् । याँहा क्लिक गर्नुहोस् र भोट गर्नुहोस्  सामाजिक कार्य गरेकोमा उनी सन् २०१२ को सीएनएन ‘हिरो अफ दी इयर’ भएकी थिइन् । सिएनएन हिरो भइ प्राप्त गरेको ५० हजार अमेरिकी डलरले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाहरुलाई राख्न ‘पुतली घर‘ बनाएकी छिन् । घर निर्माण अन्तिम चरणमा पुग्दा २०७२ वैशाख १२ को भकम्पले घरमा क्षति पुर्याएको थियो । जर्मन च्यारिटीको सहयोगमा पुनः पुतली घर निर्माण सम्पन्न भइ गत फेब्रुअरी ३ मा बस्नेत र उनीसँगै रहेका बालबालिकाहरु त्यहाँ सरेका छन् । अवार्ड दिन थालेको दश वर्षको अवसरमा सीएनएनले छनोट गर्न लागेको सुपर हिरोका लागि पुष्पासहित ५ जना मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेमा २००८ की सीएनएन हिरो लिज क्याकर्टनी, २००९ का इफ्रेन पेना फ्लोरिडा, २०११ की रोबिन लिम, २०१३ का चाड प्रेग्राकी रहेका छन् । अनलाइन भोटिङबाट उनीहरु मध्ये एक जना सुपर हिरो छनोट हुनेछन् । फेसबुक र ट्वीटरमार्फत भोटिङ गर्न सकिने सीएनएनले जनाएको छ । समाजसेवी पुष्पालाई सीएनएन सुपर हिरो बनाउनका लागि अनलाइन भोटिङ गर्नुपर्नेछ । त्यसका लागि यहाँ क्लिक गरी जसलाई भोट दिने हो उसको तस्विर मुनी भोट लेखिएको ठाउँमा क्लिक गर्नुपर्नेछ । त्यसपछि कन्फर्म भोट गरेपछि मात्रै तपाईको एक भोट थपिनेछ ।\"\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending