Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

तरकारी खेतीमा किसानहरुको आकर्षण बढ्दो

\"\"मंसिर २६, सल्यान । परम्परागत खेती गर्दै आइरहेका सल्यानका किसानहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । परम्परतागत खेती भन्दा व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । छोटो समय र थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएपनि किसानहरु परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । पिपलचौतारी कृषक समुह कालिमाटी रामपुर ३ भिगानेले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने बाचा गर्न लगाएपछि किसान तरकारी खेतीतिर गर्न थालेका हुन् । तरकारी उत्पादनमा लागेपछि अहिले त्यहाँका मानिसको आम्दानी बढ्नुका साथै जिवनस्तरमा सुधार आएको ३६ वर्षिय कृषक गणेश वलीले बताए । ‘मैले पहिला करेसाबारीमा मात्र तरकारी लगाउँथे’ उनले भने, ‘ कार्यक्रमले जनचेतना तथा प्राविधिक सहयोग गरी उत्पादनमा जोड दिएपछि अधिकांश कृषकले तरकारी खेती लगाउँछन् ।’ तरकारी खेतीबाट राम्रो उत्पादन हुने र छिटो पैसा हातमा पर्ने हुनाले तरकारी खेती गर्नेको संख्या बढेको अर्का कृषक कुल प्रसाद भण्डारीले बताए । उनले भने परम्परागत खेती गर्दा ६ महिनादेखि एक वर्षसम्म कुर्नु पर्ने हुन्थ्यो तर तरकारी खेती गर्न थालेपछि तीन तीन महिनाको फरकमा पैसा हात पर्दै आइरहेको छ । धान, मकै नलागए वर्षभरी के खाने भनेर चिन्ता गर्ने किसानहरु पनि आजभोली धान मकैको ठाउँमा तरकारी खेती गर्न थालेका छन् । छोटो समयमा थोरै लगानीबाट राम्रो आम्दानी हुने भएपछि तरकारी खेतीतिर धेरैको आकर्षण बढेको दमाचौर २ की कृषक कमला चन्दले बताए । उनले भने घरमा २४ घण्टा पानी बगेर खेर गईरहेको थियो तरकारी खेतीबाट पनि पैसा कमाउन सकिन्छ भन्ने हामीलाई पहिले लागेको थिएन । पहल कार्यक्रम हाम्रो गाउँमा आयो, पानी र तरकारी खेतीको महत्व बुझाएपछि हिजोसम्म तरकारी किन्न बजार धाउने हामीहरु थोरैभएपनि आजभोली बजारसम्म बेच्न जाने भएका छौं । किसानहरुलाई व्यवसायिक तरकारी खेती तर्फ आकर्षित गर्नका लागि समूहमा क्षमता विकास गर्ने तालिमका साथै प्लाष्टिक टनेल, विऊ, र थोपा सिचाई सहयोग गर्दै आइरहेको पहल कार्यक्रम कृषि कार्यक्रम अधिकृत विन्दु उपाध्यायले जानकारी दिए । उनले भने किसानलाई दिगो रुपमा कृषिमा आर्कषित गर्नका लागि क्षामता विकासका तालिमहरु दिदै आई रहेका छौं । दलित विकास समाज सल्यानद्ध।रा सञ्चालित पहल कार्यक्रमले सहयोग गरेपछि कालिमाटी रामपुर, लक्ष्मीपुर, निगालचुला, कुपिण्डे दह, दमाचौर र लेखपोखरा लगायतका बासिन्दाहरु व्यवसायिक तरकारी खेती तर्फ आकर्षित हुदै आइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy