Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तरकारी खेतीमा किसानहरुको आकर्षण बढ्दो

\"\"मंसिर २६, सल्यान । परम्परागत खेती गर्दै आइरहेका सल्यानका किसानहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । परम्परतागत खेती भन्दा व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । छोटो समय र थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएपनि किसानहरु परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । पिपलचौतारी कृषक समुह कालिमाटी रामपुर ३ भिगानेले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने बाचा गर्न लगाएपछि किसान तरकारी खेतीतिर गर्न थालेका हुन् । तरकारी उत्पादनमा लागेपछि अहिले त्यहाँका मानिसको आम्दानी बढ्नुका साथै जिवनस्तरमा सुधार आएको ३६ वर्षिय कृषक गणेश वलीले बताए । ‘मैले पहिला करेसाबारीमा मात्र तरकारी लगाउँथे’ उनले भने, ‘ कार्यक्रमले जनचेतना तथा प्राविधिक सहयोग गरी उत्पादनमा जोड दिएपछि अधिकांश कृषकले तरकारी खेती लगाउँछन् ।’ तरकारी खेतीबाट राम्रो उत्पादन हुने र छिटो पैसा हातमा पर्ने हुनाले तरकारी खेती गर्नेको संख्या बढेको अर्का कृषक कुल प्रसाद भण्डारीले बताए । उनले भने परम्परागत खेती गर्दा ६ महिनादेखि एक वर्षसम्म कुर्नु पर्ने हुन्थ्यो तर तरकारी खेती गर्न थालेपछि तीन तीन महिनाको फरकमा पैसा हात पर्दै आइरहेको छ । धान, मकै नलागए वर्षभरी के खाने भनेर चिन्ता गर्ने किसानहरु पनि आजभोली धान मकैको ठाउँमा तरकारी खेती गर्न थालेका छन् । छोटो समयमा थोरै लगानीबाट राम्रो आम्दानी हुने भएपछि तरकारी खेतीतिर धेरैको आकर्षण बढेको दमाचौर २ की कृषक कमला चन्दले बताए । उनले भने घरमा २४ घण्टा पानी बगेर खेर गईरहेको थियो तरकारी खेतीबाट पनि पैसा कमाउन सकिन्छ भन्ने हामीलाई पहिले लागेको थिएन । पहल कार्यक्रम हाम्रो गाउँमा आयो, पानी र तरकारी खेतीको महत्व बुझाएपछि हिजोसम्म तरकारी किन्न बजार धाउने हामीहरु थोरैभएपनि आजभोली बजारसम्म बेच्न जाने भएका छौं । किसानहरुलाई व्यवसायिक तरकारी खेती तर्फ आकर्षित गर्नका लागि समूहमा क्षमता विकास गर्ने तालिमका साथै प्लाष्टिक टनेल, विऊ, र थोपा सिचाई सहयोग गर्दै आइरहेको पहल कार्यक्रम कृषि कार्यक्रम अधिकृत विन्दु उपाध्यायले जानकारी दिए । उनले भने किसानलाई दिगो रुपमा कृषिमा आर्कषित गर्नका लागि क्षामता विकासका तालिमहरु दिदै आई रहेका छौं । दलित विकास समाज सल्यानद्ध।रा सञ्चालित पहल कार्यक्रमले सहयोग गरेपछि कालिमाटी रामपुर, लक्ष्मीपुर, निगालचुला, कुपिण्डे दह, दमाचौर र लेखपोखरा लगायतका बासिन्दाहरु व्यवसायिक तरकारी खेती तर्फ आकर्षित हुदै आइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending