Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रधानमन्त्री भन्छन् 'आन्दोलन वा चक्काजाम गर्नेभन्दा सहमति र संवादबाट समाधान खोज्नुपर्छ'

\"\" काठमाडौँ, २६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र कार्यान्वयनमा राजतीतिक दलबीच राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन् । माउण्टेन टेलिभिजनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहमा ‘विजनेश प्लस टेलिभिजन’को नियमित प्रसारण शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षका जायज माग सम्बोधन गरी त्यसको स्वीकार्यता बढाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “हामीले शान्ति प्रक्रियाको सुरुआत मात्रै होइन सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ र ठूलाठूला राजनीतिक परिवर्तन पनि गरेका छौँ । हामीले संविधान जारी गर्नुभन्दा पहिला नै आवश्यकमात्रामा संविधान संशोधन गर्छौं भनेका छौँ, त्यसैले संविधान संशोधन गरी कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ”– उनले भने । नेपालको राष्ट्रिय स्वाधीनता, जनताको सार्र्वभौमसत्ता र अखण्डताबाहेक अरू सबै चिज परिवर्तनशील छन् भनेर भनेको अवस्थामा संविधान संशोधन गर्नुहुन्न भन्नु गलत तर्क हुने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । “म सरकारको कार्यकारी प्रमुखको हैसियतले राष्ट्रलाई एकताबद्ध गर्दै सबैलाई समेट्नका लागि तयार छु, तर अब आन्दोलन वा चक्काजाम गर्नेभन्दा पनि सहमति र संवादबाट समाधान खोज्नुपर्छ”उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending