Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

रुपान्तरण अभियानका ६४ युवा नयाँ शक्तिमा

\"\"काठमाडौं, २७ मंसिर । प्रगतिशील रुपान्तरण अभियान अन्तर्गत युवाहरुको एउटा सक्रिय समूह नयाँ शक्तिमा प्रवेश गरेको छ । अभियानको प्रकाशन आजको मूल्यांकन मासिकमा सक्रिय रुपले क्रियाशील युवाहरुसहित ६४ जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् । सोमबार नयाँ शक्तिको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी संयोजक डा. बाबुराम भट्टराईले उनीहरुलाई नयाँ शक्तिमा प्रवेश गराएका थिए । रुपान्तरण अभियानका अभियन्ता दीपक खड्काको नेतृत्वमा ६४ जना युवाहरु नयाँ शक्तिमा प्रवेश गरेका हुन् । यो अभियानले नेपालमा आजको समाजवादको स्वरुप र प्रयोगको विषयमा बहस गर्दै आइरहेको छ । प्रवेश हुनेहरुमा रविन्द्र कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, विकास श्रेष्ठ, राजकुमार बराल, रुपक खड्का, राजेन्द्र सापकोटा, विजय मुडवारी, सुवास नगरकोटी, निराजन रायमाझी, संजय विक्रम शाह, जमुना चौधरी, रमेश रायमाझी लगायत ६४ जना रहेका छन् । पार्टीमा प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्दै संयोजक भट्टराईले युगले नै एउटा नयाँ विकल्प खोजिरहको हुनाले त्यो विकल्प निर्माण गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएकोले अबको राजनीतिमा युवा सक्रियता बढ्नुपर्ने आवश्यकता रहेको बताए । ‘हामी वैकल्पिक पार्टीमात्र होइन, वैकल्पिक राजनीतिक धारलाई नै अघि बढाउने पार्टी हौं’ उनले भने ‘हामी केवल थप एउटा पार्टी हैनौं । वैकल्पिक सोच, संस्कार र संस्कृति निर्माण गर्ने पार्टी हौं ।’ उनले नयाँ शक्ति पार्टी निर्माणकै क्रममा रहेकोले यस्तै धु्रवीकरणकै पक्षलाई तीव्रता दिएर वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा रहेको बताउँदै उनले भने –‘विभिन्न पक्षहरुसँग कुराकानी गरेर ध्रुवीकरणलाई तीव्रता दिने हाम्रो योजना हो । यो कुनै बनिबनाउ पार्टी होइन ।’ संयोजक भट्टराईले कुनै पनि समाजको विकासमा तत्कालीन राजनीतिक उपरीसंरचना र आर्थिक आधारबीच निरन्तर जारी रहने संघर्षले गति पैदा गर्ने उल्लेख गर्दै नेपालमा पछिल्लो राजनीतिक परिवर्तनसँगै राजनीतिक उपरीसंरचनाको पाटो पूरा भइसकेकोले अब आर्थिक आधारको विकास गर्नुपर्नेमा जोड दिए । त्यसरी निर्माण हुने आर्थिक आधारले नै समुन्नत समाजवादको आधार तयार गर्ने भन्दै उनले भने –‘अहिलेको आवश्यकता त्यही आर्थिक आधार परिवर्तन र उत्पादक शक्तिको विकास भएकोले त्यसैमा जोड दिनुपर्छ । यसैबाट समुन्नत प्रकारको समाजवादको आधार तयार हुनेछ ।’ समुन्नत समाजवादको गन्तब्यमा पुग्नका लागि आर्थिक विकास र समृद्धिको चरणबाट पार हुनुपर्ने भएकोले त्यसका लागि युवा शक्तिको आवश्यकता अपरिहार्य रहेको उनले बताए । प्रवेश गरेका युवाहरुले नयाँ शक्ति पार्टीले लिएको युवाकेन्द्रित नीति र देशको विकास र समृद्धिको एजेण्डाप्रति आकर्षित भएर आफूहरु नयाँ शक्तिमा प्रवेश गरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending