Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रिएपछि...

[caption id=\"attachment_7345\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] पर्वत, २७ मंसिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने। एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् भनेर। तर यस्तै बज्रपात परेको छ पर्वतको कुर्घा गाविसका त्रिलोचन शर्माको परिवारमा। कुर्घा गाविस–२ का त्रिलोचन शर्माको घरमा चारजना मिर्गौला रोगले आक्रमण गरेको हो। शर्माकी माइली छोरी, कान्छा छोरा र श्रीमती मिर्गौला रोगबाट ग्रसित छन् भने जेठा छोराको ज्यान गइसकेको छ। शर्माले आफ्नो मिर्गौला माइली छोरीलाई, जेठी छोरीको मिर्गौला कान्छो छोरामा प्रत्यारोपण गरिसकेका छन्। अहिले माइली र कान्छो दुवैलाई पुनः समस्या बल्झिएको छ–त्रिलोचन शर्माले भने। एकपछि अर्को गरी परिवारका चार सदस्यको मिर्गौलाले काम गर्न छाडेपछि अहिले परिवार बिचल्लीमा परेको छ। उपचारकै क्रममा एक छोरा गुमाएँ। अहिले उनकी श्रीमती प्रेमकुमारीको डायलासिस गरेर समय काटिरहेकी छन्। माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या फेरि बल्झिएको छ। अहिले उनी सहयोग जुटाएर थप उपचार गर्ने आशमा सहयोगको याचना गर्दै भौँतारिएका छन । भारत मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आएका उनले एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएको गुनासो गरेका छन्। छोराछोरी र श्रीमतीको उपचारकै क्रममा घरघडेरी, खेतबारी सबै बिक्री भइसकेको छ। अहिले त्रिलोचन सहयोगको याचना गर्दै सदरमुकाम कुश्माबजार आइपुगेका छन् । “उपचार गर्दागर्दै घरघडेरी, खेतबारी सबै सकियो”, त्रिलोचनले भने, “संसारमा कसैलाई पनि यस्तो दुःख नपरोस् ।” अहिलेसम्म डेढ करोड रुपैयाँभन्दा बढी उपचारकै क्रममा सकिएको उनको भनाइ छ । जेठो छोरा प्रकाश मिर्गौला खराबीकै कारण भारतको मुम्बईमा १० वर्षअघि बितेका थिए। कान्छो छोरा र माइली छोरीको मिर्गौला प्रत्यारोपण गरे पनि अझै ठीक भएको छैन। उनीहरू नियमित चिकित्सककै निगरानीमा छन्। गत फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरेका छन् । जेठो छोरो बितेपछि माइली छोरीलाई त्रिलोचनले एउटा मिर्गौला दिएका थिए। बाबुको एउटा मिर्गौला प्रत्यारोपण गरे पनि छोरीको समस्या बल्झिएको छ। त्यही समयमा कान्छो छोरो दीपकमा समेत मिर्गौलाकै समस्या देखियो। जचाउँदा मिर्गौलाले काम नगरेको पाएपछि जेठी छोरी शारदाले भाइ दीपकलाई मिर्गौला दान गरेको त्रिलोचनले जानकारी दिए । “ऋणधन र खेतबारी बेचेर तत्कालीन खर्च टारे पनि अहिले आर्थिक सङ्कटमा परेको छु” – उनले रुँदै भने– “मासिक ४० हजार रुपैयाँ उपचारमै खर्चनु परेको छ।” कान्छा छोरा प्रकाशको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या देखिएपछि भारतबाट चर्को मूल्यमा औषधि मगाएर नियमित सेवन गरिरहनुपर्ने अवस्था रहेको छ । कान्छी छोरी कमलाबाहेक एकपछि अर्को गरी सबैको मिर्गौलाले काम गर्न छाडेको त्रिलोचनले बताए त्रिलोचनकी श्रीमती प्रेमकुमारीको हप्तामा दुईपटक नियमित डायलासिस गर्नुपर्छ। सरकारले डायलासिस निःशुल्क गरिदिन्छ तर एकपटक डायलासिस गर्दा दुई हजार रुपैयाँको औषधि र सुई किन्नुपर्ने उनको भनाइ छ । “रोग निको हुने कुनै ग्यारेन्टी छैन, खर्च बढिरहेको छ”, त्रिलोचनले भने – “अब कतै जाने ठाउँ छैन, कसैले सहयोग दिए मात्रै हो ।” उनले सांसद अर्जुनप्रसाद जोशीलाई भेटेर सहयोगका लागि पहल गरिदिन आग्रह गरेका छन्। सांसद जोशीले परिवारका चारैजनाको मिर्गौला खराब भएको जानकारी अहिले मात्रै पाएको भन्दै सरकारी निकायमा पुगेर झक्झकाउने प्रतिबद्धता जनाए । परिवारका सबै सदस्यमा मिर्गौला रोगको समस्या देखिएर आर्थिक समस्या परेपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले त्रिलोचनका कान्छा छोरा दीपकलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जागिरको व्यवस्था मिलाइदिएका छन् । उनले आफूलाई जागिर लगाइदिए पनि आफूले त्यो रकमबाट औषधि मात्रै खान पुग्ने भन्दै अन्य सहयोगी निकायसमक्ष थप सहयोगका लागि अपिल गरेका छन् । उपचारकै लागि गाउँमा रहेको घरघडेरी सबै साहुले लिएपछि अहिले उनीहरु पोखरामा बस्दै आएका छन् । पूर्णरुपमा निको नभए पनि कुनै निकायबाट सहयोग पाए दुःखसुख जीवन बिताउन सहज हुने थियो – त्रिलोचनले गुनासो गरे। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending