मंसिर २८ गते, २०७३ मगलवार 13th December, 2016 Tue०६:३०:२९ मा प्रकाशित
[caption id=\"attachment_106907\" align=\"aligncenter\" width=\"750\"] आइतबार कपिलवस्तुको सिमावर्ती गाविस पिपरालाई खुला दिशामुक्त घोषणा गर्न आयोजित कार्यक्रममा अदालतद्वारा जेल सजाय र जरिवाना गर्ने फैसला भएका अभियुक्त नसिमअहमद खाँ (बायाँबाट पहिलाे)।[/caption]
काठमाडौं, २८ मंसिर । प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त नसिमअहमद खाँले जिल्लाका सुरक्षा अधिकारीसँग मञ्चमा एक घण्टा बिताए । प्रजिअ र एसपीले त्यसको चालै पाएनन् । केही दिनअघि हाजिर भएका दुवैले भेउ नपाएका हुन् । कार्यक्रम चलिरहेका बेला कुनै सहभागीले खाँलाई पक्राउ पर्नसक्ने भन्दै एसएमएस पठाए । त्यसपछि उनी माइक खोसेर आफूलाई बचाउन भाषण गरेर त्यहाँबाट कुलेलम ठोके ।
आजको कान्तिपुरमा खबर छ– जिल्लाको सिमानास्थित पिपरा गाविसलाई खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रममा यस्तो भएको हो । कार्यक्रममा प्रजिअ विष्णुप्रसाद ढकाल, एसपी भोजजंग शाह, सशस्त्रका एसपी सुदेशकुमार गुरुङ, सभासद अतहर कमाल र पूर्वमन्त्री दानबहादुर चौधरी लगायत सहभागी थिए ।
अदालतले जेल सजाय र जरिवाना तोकेका खाँ पनि कार्यक्रममा आए । एमालेका तर्फबाट अतिथि आसन ग्रहण गरे । माला लगाएर रमाए । उनले एमालेका तर्फबाट आसन ग्रहण गर्दा सभासद कमाल र पूर्वमन्त्री चौधरी अचम्ममा परेका थिए । कार्यक्रममा सदरमुकामबाट गएका दलका नेता र गाविसका प्रतिनिधिसमेत थिए ।
कार्यक्रमको जलपान समिति संयोजक रहेका खाँले सबैका अघि माइक खोस्दा तनाव भयो । तीन दिनअघि आएका प्रजिअ र एसपी अलमलमा परे । खाँ भने दौडदै सीमापारि भारत पुगे । गाडी चढेर एकैछिनमा फरार भए । खाँमाथि थुप्रै अभियोग छन् । २०६५ मा संदीपकुमार गुप्ताको जाहेरीको डाँका मुद्दामा जिल्ला अदालतले ६ महिना कैद र १ लाख ९१ हजार जरिवाना फैसला गरेको छ । २०६२ मा तत्कालीन माओवादी नेता प्रेम परियारको हत्या र त्यसै वर्ष जिविसका अधिकृत निरञ्जन पौडेलको अपहरण अभियोग पनि उनीमाथि छ ।
त्यस्तै ०६५ मा पिपरा गाविस सचिव राममिलनप्रसाद गुप्ताको हत्या र ०६६ मा अकालमती कोहारको हत्या गरेको अभियोग छ । ०६७ मा माओवादी अवध राज्य समिति इन्चार्ज राजेन्द्र तिवारीको हत्या र पुरुषोत्तमपुरमा मजदुर ज्ञानबहादुर सुनारको हत्या अभियोग पनि उनीमाथि छ ।
उनीविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा चलिरहेका छन् । डाँका, हत्या र चोरीका घटनामा संलग्नताको थुप्रै अभियोग उनीमाथि छन् । सुरुमा नेपाली कांग्रेस, त्यसपछि भूमिगत सशस्त्र संगठन हुँदै अहिले खाँ एमालेमा प्रवेश गरेका छन् । उनले स्थानीय प्रशासनसमक्ष दुई पटक हतियार बुझाएका थिए ।
सुरुमा जिल्लामा माओवादीविरुद्ध परिचालित प्रतिकार समितिका तर्फबाट उनीसहितको टोलीले हतियार बुझाए । त्यसपछि ०७१ असोज १० गते संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा (कौटिल्य समूह)
का तर्फबाट सञ्जय गुप्ताको नेतृत्वमा उनले स्थानीय प्रशासनलाई हतियार बुझाएका थिए । उनी मोर्चाको तर्फबाट सरकारसँग वार्ता गर्न गठित समितिको सदस्य थिए । हतियार बुझाउन जिल्ला प्रशासन आउँदा पक्राउ पर्ने डरले आउन मानेका थिएनन् । पछि पक्राउ नगर्ने बताएपछि अबेर साँझ मात्र आएका थिए ।
आफू आएको ३ दिन मात्र भएकाले को के हो धेरै कुरा थाह नभएको प्रजिअ विष्णुप्रसाद ढकालले बताए । ‘उनी मञ्चमा अतिथिसँगै बसे,’ ढकालले भने, ‘अब कहिल्लै सँगै बस्ने अवस्था दोहरिँदैन ।’ उनका बारेमा प्रहरीसँग विवरण मागेको पनि प्रजिअले जनाए । एसपी शाहले पनि त्यस्तै प्रतिक्रिया दिए । दोषी रहेको पाइएमा ढिलोचाँडो पक्राउ पर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: