Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

मानवअधिकार आयोगको टोलीसँग बालकले भने ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो

काभ्रे, २८ मंसिर । स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो । कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमानलार्इ पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन् । आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बि.क र कोपिला बि.क लगायतको टोली घटनास्थल पुगेको हो । गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो । घटनास्थलमा कसले के के भने ? ३० वर्षिया शान्ता परियार, प्रत्यक्षदर्शी मेरो जहिले पनि ढाड दुख्ने समस्या थियो । औषधी उपचार गर्दा पनि नहुने । चौटोलमा ढाड दुखेको भन्दै विद्यालय भन्दा माथिपट्टि म र आमासँग हुनुहुन्थ्यो । हिरा सर र उनकी आमा काइली मायाँ लामा मोटरसाइकलमा तलतिर झर्दै थियो । हामी पहेली तामाङको घरमा गफ गरी रहेका थियौं । सरले तल जाने होइन लक्ष्मीले गाली गलौज गरेर अपशक्द बोल्नु भएको छ महिला समूहले मिलाउन जाने होइन भने । म माइती पटिको आमासँगैँ थिए घरबाट आएको । तर उनीहरुको केही होला म एउटा कामले आएको किन जानु भनेर गएन । केही समयपछि बच्चाको चिच्याएको आवाज मेरो काममा पर्‍यो । म त्यहाँ पुग्दा पोलमा डोरीले बाँधेर प्लाष्टिकमा दिसा दिएर हिराको आमाले खुवाने हिराले समात्ने छातीमा हिर्काउने गर्दै रहेछ । शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे । फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरको देखेर मैले सहनै सकेन । रिसले खप्न सकेन मैले भने महिला माथि किन यसरी हात हालेको भन्दा हिराले मलाई तिमीले देखेको छ के छ तिमीसँग प्रमाण भनेर कुटला झै गरे । मैले दोहोराएर फेरी भने तपाई जस्तो विद्यालयमा पढाउने शिक्षक अनि लेखापालजस्तो मान्छे भएर हातपात गर्ने र दिसा खुवाउने फेरी मैले भने तपाइको आमाले छातीको पिटेको भए हुन्थ्यो तर तपाइले डोरीले बाँधे र पिटने भन्दै मैले छुटाए । पछि उनले विद्यालय नजिक रहेको छेडुब लामाको घरमा रहेको चिरपट लिएर गएको र भाग्दा भाग्दै खुट्टामा तिन चार पटक हानेको देखे पछि लक्ष्मीले पनि ढुंगाले हिँर्काउदा के भयो मे मेरो लागे अरु मैले केही देखिएन अध्यारो थियो । उनका छोरा १० वर्षिय सुमनले आमाको टाउँकोमा ठूलो घाउँ, घाँटीमो निलडाम देखिएको भने पछि मात्रै थाहा पाए । मैले लक्ष्मीलाई के भएको भनेर चोटपटक लाग्यो वा लागेन भन्ने हेरिएन छुटयाएको मात्रै थियो । नितु गर्तौला, मानवअधिकार अधिकृत राष्ट्रिय मानव अधिकार आयोग सञ्चारमाध्यम र सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट थाहा पाएपछि राष्ट्रिय मानव अधिकार आयोग टोलीले गम्भिर प्रकृतिको घटना भएकाले आइतवार जिल्ला प्रहरी कार्यालय काभ्रे र सोमवार मृतक लक्ष्मी नेपाली परियारको घरमा स्थलगत पुगेर अनुगमन गरिएको छ । मृतक परिवार तथा विभिन्न व्यक्तिहरुसँग बुझेका छौँ । यस विषयमा मानवअधिकार आयोगले प्रतिवेदन तयार पारेको छैन । अहिले सबै कुरा भन्न सकिन्न । घटनामा हिरा र उनकी आमा काइली मायाँले पोलमा बाँधेर मलमुत्र खुवाएको र अनुहारमा देखिएको भन्ने स्थानीयबाट जानकारी आएको छ । यो लक्ष्मीको शब अस्पतालले परिक्षण पछि देखाउँला । भोजराज तिमिल्सना मानवअधिकारकर्मी, काभ्रे घटना अध्ययनका क्रममा छौँ । घटनाथल, पीडित, आरोपित सबैसँग कुराकानी गरिरहेका छौं । अझसम्म निष्कर्षमा पुगेका छैनौँ । मलमुत्र खुवाएको र स्थानीयहरूकै अगाडी पोलमा बाँधेर कुटेको भन्ने भनाई स्थानीय र प्रत्यक्षदर्शीको छ । लक्ष्मी परियारको मृत्युसँग जोडिएका घटनाक्रम धेरै छन् । घटनाका विषयमा सबै पक्षसँग कुराकानी नगरी यसो नै भएको भन्न मिल्दैन । जे होस् यो जगन्य अपराध हो । प्रहरीले घटनाको गहिरो अध्ययन गर्नुपर्छ । काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापा भन्छन् अहिले चर्चामा आएको घटना मंगलबारको हो, त्यस विषयमा जानकारी आएपछि इलाका प्रहरी कार्यालय चौवासबाट असइ प्रेमपुकार चौधरीको नेतृत्वमा टोली घटनास्थल गएको थियो । झगडियाहरू मिल्ने भनेपछि प्रहरीले मिलापत्र गराएको हो, तर बोक्सीको आरोपमा मिलापत्र गरिएको होइन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies