Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पूर्वका चार जिल्लामा न्याय प्रशासन नाजुक

\"\"खोटाङ, २८ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले पूर्वी नेपालका न्याय प्रशासन कमजोर रहेको प्रितवेदन सार्वजनिक गरेको छ ।   पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको न्याय प्रशासन, हिरासत तथा कारागारको अवस्था नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने चार जिल्लाको स्थलगत अध्ययनपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले कारागारको अवस्था जीर्ण भएको, क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा राखिएको तथा खाना सिदा खर्च पर्याप्त नभएको पाइएको जनाएको छ । आयोगका प्रतिनिधि लोकनाथ घिमिरेका अनुसार हिरासत तथा कारागारमा आधारभूत सुविधाको कमी, स्वास्थ्योपचारमा समस्या, न्यायिक प्रक्रियामा ढिलाइलगायत समस्याबाट कैदीबन्दी र थुनुवापीडित देखिएको छ । आयोगले शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, हिरासत, कारागारलगायतको सेवासुविधामा सुधार गर्नुपर्ने औँल्याएको छ । चार वटै जिल्लाका अस्पतालमा स्त्री रोग विशेषज्ञ सेवा नहुनु, यथेष्ट सूचना र सहज पहुँचको अभावमा दुर्गम गाविसमा स्वास्थ्यकर्मी र औषधि कम हुनु, स्वास्थ्य उपकरण र सेवाको अपर्यप्तता, गरिबी, अशिक्षा, परम्परागत उपचार पद्धतिमा विश्वास, बालविवाहलगायत समस्या रहेको पाइएको आयोगले जनाएको छ । यस्तै कार्यविधिगत झन्झट, न्यायाधीशको अपर्याप्तता, परम्परागत न्याय प्रणाली र फैसलाको ढिला जानकारीले थुनुवाले धेरै समयमा थुनामा बस्नुपर्ने समस्या भेटिएको घिमिरेले बताए । यसैबीच जिल्लामा मानवाधिकार उल्लङ्घनका घटना दोब्बरभन्दा बढीले वृद्धि भएको पाइएको छ । जिल्लामा सन् २०१६ मा १०६ मानवाधिकार उल्लङ्घनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङका प्रतिनिधि सुनिता मगरले जानकारी दिए । यो सन् २०१५ को भन्दा ६२ ले बढी हो । ०७२ साल पुसदेखि हालसम्मका अवधिमा सबैभन्दा बढी महिला हिंसासम्बन्धी घटना भएको मगरले जानकारी दिए । उनका अनुसार सो अवधिमा चार महिला र छ बालिका बलात्कृत भएको तथा पाँच महिला र तीन बालिकामाथि बलात्कार प्रयास भएको छ । मानवाधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा ३० महिला घरेलु हिंसाबाट पीडित भएको, २४ महिलामाथि दुव्र्यवहार भएको र सात महिला बहुविवाहबाट पीडित भएको पाइएको छ । वर्ष दिनका अवधिमा नौ गैरन्यायिक, एक शिशु र एक भ्रुण हत्या भएको पाइएको मगरले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending