Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

पाँच दिनबित्दा पनि किन भएन बोक्सी आरोपमा मारिएकी लक्ष्मीको पोस्टमार्टम ?

काभ्रे, २९ मंसिर । नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै चिर्पटले हानेर घाइते बनाइएकी काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको मृत्यु भएको पाँच दिन बित्दा पनि पोस्टमार्टम भएको छैन । शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमनपछि मात्र पोस्टमार्टम गर्न आग्रह गरेकाले रोकिएको प्रहरीले जनाएको छ । आयोगले सोमबार तथा दलित आयोगले मंगलबार घटनास्थलमा पुगी अनुसन्धान अघि बढाएका छन् । बुधबार पोस्टमार्टम गर्न लागिएको छ । गत २० मंसिरमा सूर्योदय स्कुलको प्रांगणको पोलमा बाँधेर लक्ष्मीलाई कुटपिट गरी मलमूत्र खुवाइएको राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुगमनबाट पुष्टि भइसकेको छ । बोक्सी भन्दै उनलाई कुटपिट भएको मृतकका छोरा र स्थानीयले बताएका छन् । तर, गाली गर्ने क्रममा बोक्सी भनेको वा बोक्सीकै आरोप लगाएर कुटपिट गरेको भन्ने विषय प्रस्ट भइनसकेको अनुसन्धानमा आबद्ध प्रहरी तथा अधिकारकर्मीले बताएका छन् । २० गते उनलाई कुटपिट गरी घाइते बनाएको चार दिनपछि उनको मृत्यु भएको थियो । श्रीमानसहित चारविरुद्ध ज्यान मुद्दा काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको हत्या आरोपमा प्रहरीले उनका श्रीमान्सहित चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाएको छ । बोक्सीको आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मानव मलमूत्र खुवाउँदै कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया लामा, सोही गाउँकी निरमाया तामाङ र लक्ष्मीका श्रीमान् मिलनलाई अदालतमा पेस गरी थुनामा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । स्थानीय महिला निरमायाले लक्ष्मीलाई बाँध्न डोरी दिँदै हीरा लामालाई सहयोग गरेकी थिइन् । मिलनले आफूले श्रीमतीलाई कुटेको स्विकारेका छन् । हत्यामा चारजनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुल थापाले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies