Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

किन थुनिइन् माधवपत्नी टर्कीमा ?

काठमाडौं, ३० मंसिर । बीस दिनअघि टर्कीको इस्तान्बुल विमानस्थलमा अपमानपूर्ण ढंगले २० घण्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पत्नी गायत्री नेपाल अझै त्यस घटनाको पीडाले रन्थनिइरहेकी छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– आफूमाथिको घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ थाहा नपाई केही प्रतिक्रिया सार्वजनिक गरेकी छैनन् । नेपाल निकट स्रोतका अनुसार अमेरिकाको न्युयोर्कमा मंसिर ११ मा सुरु हुने वल्र्ड पिस फाउन्डेसनको सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्नी गायत्री नेपाल (आचार्य) समित नौजनाको टोली त्यसतर्फ प्रस्तान गरेको थियो । काठमाडौंबाट इस्तानबुलसम्म आरामदायी यात्रा गरेको टोलीले त्यहाँ भने कष्ट बेहोर्नुप¥यो । माधवपत्नी गायत्रीको पासपोर्टमा त्यहाँको सुरक्षा निकायले प्रश्न उठाएपछि उनले इस्तानबुलकै अध्यागमनमा २० घण्टा थुनिनुपर्यो । जसै उनी पति माधवसँगै न्युयोर्क उड्ने टर्किस एअरको जहाज चढ्न निस्किइन, अध्यागमनका कर्मचारीले गायत्रीलाई सोधे, ‘तपाईंको राहदानी हराएको वा चोरिएको थियो ?’ उनले त्यो दुवै नभएको जबाफ दिइन् । उनीहरुले माधव नेपाललाई उक्त नम्बरको राहदानी इन्टरपोलले खोजी गरिरहेको जानकारी दिए । माधवले सुरक्षाकर्मीलाई आफू नेपालको पूर्व प्रधानमन्त्री भएको र गायत्री आफ्नो पत्नी भएको बताए तर सुरक्षाकर्मीले उनका कुरा सुनेनन् । वासिङटन डिसीमा भोलिपल्ट पूर्वप्रधानमन्त्री नेपालले भविश्वशान्ति सम्मेलनमा बोल्ने कार्यक्रम थियो । पत्नीलाई इस्तानबुलमै छोडेर उनी अमेरिका उडे । माधव उडेको केही समयपछि गायत्री नेपालमा सम्पर्क गर्न सफल भइन् । प्रहरी प्रधान कार्यालय र परराष्ट्र मन्त्रालयमा यो खबर पुगेपछि दुवै निकाय तत्काल जुटे र तीन घण्टामा क्लियरेन्स आयो । अमेरिकी दूतावासले कुटनीतिक राहदानीमा लगाएको पाँचवर्षे भिसामाथि पनि शंका गरिएपछि रातिनै वासिङटन र नेपाल दुवैतिर लिखित र मौखिक रुपमा स्पष्ट पार्नु परेको थियो । भोलिपल्ट २० घण्टापछि बल्ल गायत्री स्तानबुलबाट न्युयोर्क उडेकी थिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies