Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गरगहना नभएका मन्त्री महरा मात्रै

\"\"काठमाडौं, ३० मंसिर । प्रधामन्त्रीसहित मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको गरगहनाविहीन रहेको खुलेको छ । अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको भन्दै ६० तोला सुन र १५० तोला चाँदी रहेको छ । तर उनले ती सुनचाँदी दाइजोबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । नेपालका मन्त्रिहरुको सम्पत्ति सुनचाँदीदेखि हिरामोतीसमेत छन् । गरगहना नै नभएका मन्त्रीदेखि किलोभन्दा बढी सुनचाँदी भएका छन् । कति छन् मन्त्रीका गरगहना ? सम्पत्ति विवरणअनुसार प्रचण्डले मात्रै ३ तोला सुन रहेको, त्यो पनि श्रीमती सीता दाहालको नाममा देखाएका छन् । यस्तै, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ६० तोला सुन १५० तोला चाँदी रहेको छ भने सहरी विकास मन्त्री अर्जुननरसिंह केसी ५० तोला सुन, ५२५ तोला चाँदी रहेको जनाइएको छ । भौतिक पूर्वाधार मन्त्री रमेश लेखक ३० तोला सुन ५० तोला चाँदी रहेको छ भने ऊर्जामन्त्री जनार्दन शर्मा २ तोला सुन, २० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसैगरी परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत ३० तोला सुन १७० तोला चाँदी रहेको छ भने रक्षामन्त्री बालकृष्ण खाँडको ४० तोला सुन ६० तोला चाँदी, आपूर्तिमन्त्री दीपक बोहराको १२० तोला सुन, ५ सय तोला चाँदी र तीन सेट हिरासमेत रहेको छ । यस्तै, भूमिसुधारमन्त्री विक्रम पाण्डेको १ सय तोला सुन, २ किलो चाँदी, सञ्चारमन्त्री सुरेन्द्र कार्की १० तोला सुन, स्थानीय विकाश मन्त्र िहितराज पाण्डेको ८ तोला सुन रहेको छ भने शान्तिमन्त्री सीतादेवी यादवको ५३ तोला सुन, १९२ तोला चाँदी तथा तीन सेट हिरा रहेको सम्पत्ति विवरणमा जनाइएको छ । यस्तै, स्वास्थ्यमन्त्री गगन थापाको सुन १६ तोला, चाँदी २ सय तोला तथा केही हिरासमेत रहेको जनाइएको छ भने वनमन्त्री शंकर भण्डारी ४५ तोला सुन, ६० तोला चाँदी, उद्योगमन्त्री नबिन्द्रराज जोशी १ सय तोला सुन, सुई सेट हिरा, दुई सेट मणिक रहेको छ । यसैगरी, सिँचाइमन्त्री दीपक गिरीको ५० तोला सुन र डेढ किलो चाँदी रहेको छ भने सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी ५० तोला सुन, ५ सय तोला चाँदी रहेको छ । यस्तै, वाणिज्यमन्त्री रोमी गौचन थकाली ७० तोला सुन, पर्यटनमन्त्री जीवनबहादुर शाहीको ५७ तोला सुन र एक किलो चाँदी, श्रममन्त्री सूर्यमान गुरुङ ७५ तोला सुन र २ सय तोला चाँदी तथा दुई सेट हिरा, कृषि विकाशमन्त्री गौरी शंकर चौधरीको ५ तोला सुन र १० तोला चाँदी रहेको छ । यस्तै, खेलकुद मन्त्री दलजित श्रीपालीको २ तोला सुन, शिक्षामन्त्री धनीराम पौडेलको १० तोला सुन, वातावरणमन्त्री जयदेव जोशीको एक पाउ सुन र आधा किलो चाँदी, कानूनमन्त्री अजयशंकर नायकको १५ तोला सुन र ४० तोला चाँदी, गरिबी निवारणमन्त्री हृदयराम थानी ६६ तोला सुन र ३ किलो चाँदी गरगहना रहेको सम्पत्ति विवरणमा जनाइएको छ । प्रधामन्त्रीसहित ३१ जना मन्त्रीको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending