Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संशोधन प्रस्तावबाट कांग्रेस र माओवादी कुनै हालतमा पछि नहट्ने देउवाको उद्घोष

चितवन, ३० मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधान प्रस्तावबाट कांग्रेस र माओवादी कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को आज यहाँ उद्घाटन गर्दै उनले नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरे अनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको बताउँदै उक्त प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुँने बताएका हुन । कार्यक्रमलाई संवोधन गर्दै देउवाले भने, “काँग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।” उनले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए । उनले संविधान कार्यन्वयन गराउन तीन् तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताए । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उनले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गरे । देउवाले भने “अब यसलाई कसैले टारेर टर्दैन ।” स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुन्छ । आफ्नै पार्टीभित्रको प्रशङ्ग कोट्याउँदै उनले अब पार्टीभित्र गुट उपगुट भन्दा पनि मूल्याङ्कनको आधारमा पार्टीका सारथीलाई अगाडि बढाउने बताए । “गाउँ तहसम्म जो सक्रिय छ, त्यसैलाई अगाडि बढाउनुहोस् । चुनाव जसरी पनि जित्नुपर्छ ।” उनले भने । कार्यक्रममा महामन्त्री डा शशाङ्क कोईरालाले देशको विगतलाई हेर्दा जुन बेला राजनीतिकस्थिरता आयो त्यतिबेला मात्रै विकास भएको बताए। उनले भने “बिपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति निर्माण र विकास भए अहिलेसम्म हुन सकेको छैन ।” बिपी कोइरालाले नेपाललाई चिन्ने हो भने गाउँलाई हेर्नुपर्छ भनेको प्रशङ्ग कोट्याउँदै उहाँले गाउँबाट सङ्गठन सुदृढ बनाउन आग्रह गरे । काँग्रेसलाई पहिलो पार्टी मात्रै नभएर बहुमतको पार्टी बनाउन केन्द्रबाट गर्ने सहयोग गर्न तयार रहेको भन्दै उनल गुट उपगुट छाडेर सङ्गठन विस्तारमा जोड्न कार्यकर्तालाई निर्देशन दिए । सो अवसरमा केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सगरमाथाको देश र संस्कृतिक धरोहर मात्रै भनेर अब चिनाइराख्नु नहुने भन्दै आर्थिक समृद्धि र विकास गरेर विश्वको नमुना देश बनाउनुपर्ने बताए । संविधान कार्यान्वयन नभएसम्म देशको विकास हुन नसक्ने भन्दै उनले यसका लागि सबै दलको बीचमा सहमति जरुरी रहेको बताए । कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले १३ औँ जिल्ला अधिवेशनपछि पाँच हजार जना अन्य दलबाट काँग्रेसमा प्रवेश गरेको भन्दै उनीहरुलगायत काँग्रेसलाई पनि प्रशिक्षण हुने गरी दुई महिने अभियान सुरु गरेको बताए । सो अवसरमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नवलपरासीका सभापति विष्णु लामिछाने, चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, विष्णुमाया परियारलगायतले काँग्रेसको सङ्गठन बिस्तार बारेमा बोलेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका तृतीय उपाध्यक्ष विष्णु कँडेल र व्यवसायी धनप्रसाद पोखरेल नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending