Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अपहरण पछि बालकको हत्या, शौचालयमा भेटियो दुर्गानन्दको शव

\"\"राजविराज, १ पौस । सप्तरीको हरिपुर गाविसमा आठ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिवेश लोहनीले हरिपुर –३ निवासी रामगोविन्द साहका आठ वर्षीय छोरा दुर्गानन्दलाई छिमेकी २७ वर्षीय चूडामणि ठाकुरले मङ्सिर ११ गते खरायो देखाइदिने भन्दै अपहरण गरी आफ्नो घर लगेको प्रहरी अनुसन्धानबाट देखिएको बताए । ठाकुरले अन्य सहयोगीसहित बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरी छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको बताइएको छ । अपहरण र हत्या गरेको छ दिनपछि ठाकुरले बालक दुर्गानन्दकी आमा ममतादेवीलाई मोबाइलमा म्यासेज पठाउँदै रु पाँच लाख फिरौती माग गरेको थियो । बालक हराएपछि आमा ममतादेवीले इप्रका कडरबोनामा मङ्सिर १२ गते जाहेरी दिएपछि अनुसन्धानमा जुटेका प्रहरीले कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा हरिपुर –३ का चूडामणि ठाकुरसहित उनका सहयोगी वडा नं १ का सामबाबु गुप्ता र देउरी गाविस–२ का कपिलदेव दासलाई समेत अपहरण गरी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको छ । शव सेफ्टी ट्याङ्कीबाट बरामद गरिएको थियो । कुहिएको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending