Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

निजी सम्पत्तिबारे मेरो बास्तविकता

पोखरामा पत्रकार साथीहरुले पनि सम्पत्ति विवरणकै बारेमा सोध्नु भएको थियो । अरुको भन्दा हाम्रो पार्टी र हाम्रा नेताहरुको स्थिति फरक छ भनेर मैले भनेको छु । हामी शान्ति प्रक्रियामा आउँदै गर्दा केन्द्रीय कमिटीबाट के निर्णय गरेर र लागू गरेर आएका हौं भने हामी नेताहरुका हकमा (नेताहरुका अरु परिवारका सदस्यहरुको हकमा होइन) ब्यक्तिगत सम्पत्तिहरु पार्टीलाई बुझाउने, पार्टीकरण गर्ने भनेर आएका हौं । सोही अनुसार नै हामीले सम्पत्ति पार्टीलाई बुझाएका हौं । मानिसहरुलाई त यो कुरा पत्याउन गाह्रो पनि लाग्न सक्छ । एक ढंगले प्रशिक्षत भएका, एक ढंगले हुर्किएका मानिसहरुलाई सम्पूर्ण सम्पत्ति पार्टीलाई बुझाउने, पार्टीकरण गर्ने भन्ने कुरा अनौठो लाग्न पनि सक्छ । तर यो वास्तविकता हो । मैरै कुरा गर्ने हो भने, मसँग पहिला चितवनको शिवनगरमा डेढ विघा जमिन थियो । [caption id=\"attachment_96309\" align=\"alignleft\" width=\"279\"]\"\" पुष्पकमल दाहाल ‘प्रचण्ड’[/caption] मैले छोराछोरीको अंशबाहेक हामी बुढाबुढीकै कुरा गर्ने हो भने त्यो चाँही हामीले सबै पार्टीकरण गरेका हौं । त्यो जग्गा बेचेर पार्टीलाई बुझाएको स्थितिबाट हामी आएको हो । जे बाँकी छ त्यो पनि र अहिले मैले जे उपभोग गरेको छु त्यो पनि सबै पार्टीकै हो । त्यसकारण मेरो ब्यक्तिगत सम्पत्ति भनेर मैले कहिल्यै पनि जम्मा गर्नेतिर सोंचिन पनि । हिजो जनयुद्धको बेलामा होस् वा शान्ति प्रक्रियामा आएपछि पनि । म पहिलोचोटी शान्ति प्रक्रियामा आएर सार्वजनिक रुपमा मेरो पहिलो संशोधन खुलामञ्चबाट गर्दा पनि मैले यो कुरा भनेको छु । ब्यक्तिगत सम्पत्ति हामीले राखेका पनि छैनौं र हामी लिडरशिपमा भएकाहरुले नराख्ने भनेर घोषणा गरेका छौं । सायद नेपालको राजनीतिक आन्दोलनमा कम्यनिष्ट आन्दोलनमा यसले एउटा नयाँ संस्कारमा ब्यक्त गरेको छ भनेर मैले भनेको थिएँ । अहिले पनि मेरो कुरा त्यही नै हो ।

मैले राज्यकोषबाट पाउने तलब सिधैं बैंकमा जाने गरेको कुरा साँचो हो । मैले घडी लगाएकै छु । कपडा पनि लगाएकै छु । गाडी पनि चढेकै छु । यो सबैलाई मैले बुझ्दा र मेरो निम्ति अन्तिममा सबै छोडेर पार्टीमा बुझाउनेबाहेक मसँग केही पनि छैन । 

अहिले प्रधानमन्त्रीको हैसियतले वा सांसदको हैसियतले राज्यकोषबाट आफ्नो सबै खर्च चलाउँछु या केही छ भने पार्टीको छ, पार्टीको सम्पत्तिको रुपमा छ । ब्यक्तिगत सम्पत्तिको रुपमा हामीे राखेका छैनौं । मैले राज्यकोषबाट पाउने तलब सिधैं बैंकमा जाने गरेको कुरा साँचो हो । मैले घडी लगाएकै छु । कपडा पनि लगाएकै छु । गाडी पनि चढेकै छु । यो सबैलाई मैले बुझ्दा र मेरो निम्ति अन्तिममा सबै छोडेर पार्टीमा बुझाउनेबाहेक मसँग केही पनि छैन । ब्यक्तिगत सम्पत्तिको रुपमा मैले राखेको छैन । यो पनि पार्टीकै हो, पार्टीले जुन दिन तैंले घडि फुकालेर दिनु पर्यो भन्यो भने म दिन्छु । जुन दिन म जिम्मेवारीमा हुन्न, त्यतिबेला मेरो सम्पत्ति लिएर जान्छु म भन्दिन । यो कुरा नेपाली समाजले, नेपाली जनताले, सबै राजनीतिज्ञहरुले देख्ने नै कुरा हो । (सिधाकुरा प्रधानमन्त्रीसँग टेलिभिजन कार्यक्रममा ब्यक्त विचार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending