Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सुनकोसीमा जिप खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो, एक बेपत्ता

\"\" सिन्धुली, ३ पुस । सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा एकजना भने सुनकोसीमा परी बेपत्ता भएको र दुईजना गम्भीर घाइतेको उपचारका लागि उदयपुरको घुर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सिन्धुपाल्चोक जिल्ला फुलपिङकट्टी–५ निवासी ५० वर्षीया बालामु शेर्पा तथा काठमाडाँै महानगरपालिका स्वयम्भू निवासी टुकुली शेर्पाको उद्धार गरी उपचारका लागि घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरी चौकी खाङ्साङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाले जानकारी दिए । यस्तै, दुर्घटनामा सिन्धुपाल्चोक फुलपिङकट्टी–६ बस्ने ५० वर्षीय साङ्दो शेर्पा, फुलपिङकट्टी– ७ निवासी ५७ वर्षीय वाले शेर्पा, सोही ठाउँका ५० वर्षीय निवुटी शेर्पा, फुलपिङकट्टी–६ निवासी सर्किनी शेर्पा र स्कार्पियो चालक लमजुङको सामीभञ्ज्याङ निवासी ४५ वर्षीय झपटबहादुर गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै, जिप सुनकोसीमा खस्दा काठमाडाँै महानगरपालिका स्वयम्भू निवासी अन्दाजी ४५ वर्षीय दानेर्वे शेर्पा बेपत्ता भएका छन् । प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार रहेका थिए । सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न जानेक्रममा मध्यपहाडी लोकमार्गको रत्नावती गाविसमा बा १२ च ८८९७ नंको स्कार्पियो दुर्घटनामा परेको हो । जिप सडकबाट १०० मिटर तल सुनकोसीमा खसेको प्रहरीले बताएको छ । जिप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको स्थानीय रामप्रसाद भण्डारीले जानकारी दिए । लोकमार्ग कालोपत्र नहुँदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थलमा खाङ्साङ प्रहरीचौकीलगायत अन्य नजिकका प्रहरी चौकीका प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारसहितको टोली पनि गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending