Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर, सम्झाैताले नेपाली कामदारको हकहितमा भूमिका खेल्ने

\"\" काठमाडौँ, ३ पुस । नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष अलि बिन समिख अल्मारीले आज यहाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि गतवर्ष कात्तिक ३० गते भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्न ११ बुँदे सम्झौता कार्यान्वयन योजनामा हस्ताक्षर भएको हो । कार्यान्वयन योजनाका मुख्य बुँदामा प्रभावकारी सूचना आदानप्रदानका लागि सम्पर्क अधिकृत तोक्ने, वैदेशिक रोजगारीमा पठाउने निजी कम्पनीलाई प्रशिक्षित गर्ने, नेपाली कामदारको गुनासो समाधानको सहजीकरणका लागि निःशुल्क कानुनी सहयोग कतारको मानवअधिकार समितिले प्रदान गर्ने उल्लेख छ । त्यसैगरी मानवअधिकार समिति कतारले आफ्ना सम्बद्ध श्रम, आन्तरिक मामिला मन्त्रालयका कर्मचारीलाई र नेपालमा समृद्ध मन्त्रालयका कर्मचारीलाई आप्रवासी कामदारको अधिकारको सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने, नेपाली प्रवासी कामदारको व्यावसायिक सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धानका लागि सहयोग गर्ने, मानवअधिकारसम्बन्धी एसिया प्रशान्त मञ्चको सहजीकरणमा दुबै पक्षको कर्मचारीको क्षमता अभिवृद्धि गर्नेलगायतका विषय योजनामा उल्लेख गरिएको छ । आयोगका अध्यक्ष शर्माले यसअघि सन् २०१० मा आयोगले दक्षिण कोरियाको मानवअधिकार आयोगसँग कामदारको हकहितसम्बन्धी घोषणापत्रमा हस्ताक्षर भएकामा कतारसँगको सम्झौता दोस्रो भएको जानकारी दिए । सम्झौताले कतारमा भएका नेपालीका कामदारको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । कतारका समितिका अध्यक्ष अल्मारीले आफ्नो मुलुकमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा नेपालीसहित अन्य देशका विदेशी कामदार रोजगारीका लागि आइरहेको र उनीहरुको अधिकारका लागि कतारले विभिन्न कार्यक्रम सुरु गरेको जानकारी दिए । गत मङ्सिर २८ गते कतार सरकारले आप्रवासी कामदारको हकहितका लागि निकै सुधारका कार्यक्रम घोषणा गरेको जसअन्तर्गत कतारमा कामदारको आवागमन, बसाई र स्वदेश फिर्ती धेरै सहज हुने बताए । आयोगका सदस्य सुदीप पाठकले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस र कतारको राष्ट्रिय दिवसको अवसरमा सम्झौतापत्रमा हस्ताक्षर भएको बताउँदै यसको कार्यान्वयनमा दुबै देशका आयोग प्रतिवद्ध रहेको घोषणा गरे । गत वर्ष कात्तिक ३० गते भएको १० बुँदे सम्झौताको अवधि चार वर्षको रहने र आवश्यकतानुसार समावधि थप्न सकिने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending