Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

जनजाति महासंघको निर्वाचन आज : कसले जित्ला चुनाव

\"\"चितवन, ४ पुस । आदिवासी जनजाति महासंघको नवौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । नारायणी कला मन्दिर, भरतपुरमा जारी महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजै निर्वाचन हुँदैछ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले ‘पहिचान पक्षधर र पहिचान विरोधी’बीच गठबन्धन बन्न लागेको बताएका छन् । निर्वाचनमा महासंघमा आबद्ध ५६ वटा जातीय संस्थाका एक एक जना प्रतिनिधि गरी ५६ जनाले मतदान गर्नेछन् । पहिचान पक्षधर गठबन्धनमा माओवादी र संघीय समाजवादी समर्थक प्रतिनिधिहरु छन् । त्यसैगरी उक्त गठबन्धनमा मधेसी मोर्चा, नयाँ शक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना समूहहरु पनि रहेका छन् । पहिचान पक्षधरहरुले पहिचान विरोधी भनि आरोप लगाएका गठबन्धनको नेतृत्व एमाले समर्थितले गरेका छन् । कांग्रेसले भने अहिलेसम्म स्पष्ट निर्णय लिन सकेको छैन । महासंघका वर्तमान अध्यक्ष नगेन्द्र कुमाललगायत अगुवाहरु पहिचान पक्षधर गठबन्धनसँग मिल्नुपर्नेमा छन् भने कांग्रेस कार्यकर्ता तथा तमु ह्यूल छों ज धीँ गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ एमालेसँग मिल्नुपर्नेमा छन् । कतिपय कांग्रेसकै कार्यकर्ताहले रेशम गुरुङ पहिचान विरोधी गठनबन्धनमा लागेर आफ्नो विगतको पहिचान विरोधी कित्तालाई अझै स्पष्ट पारेको आरोप लगाएका छन् । गुरुङ विगतदेखि नै विवादित व्यक्तित्व हुन् । आर्थिक रुपमा अपारदर्शी मानिएका उनीमाथि अख्तियार दुदरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी छ । कांग्रेस समर्थित अधिकांश प्रतिनिधिहरु भने पहिचान पक्षधर गठबन्धनमा छन् । उनीहरु पहिचान पक्षधर गठबन्धनमा सामेल भएर अध्यक्षको दावि गर्ने रणनीतिमा लागेका छन् । तर उनीहरुका लागि रेशम गुरुङ बाधक बनिरहेका एक कांग्रेस समर्थित जनजाति नेताले बताए । पहिचान विरोधीको आरोप लगाइएका रेशम गुरुङ एमालेसँग मिलेमा कांग्रेसमा स्पष्ट विभाजन आउने देखिएको छ । सबै प्रमुख पार्टीका नेताहरुले आफूसँग धेरै भोट रहेको दावि गरिरहेका छन् । तर, उनीहरुले दावि गरे जस्तो कसैको भोट छैन । एमाले १७, कांग्रेसले १३, माओवादीले १६, संघीय समाजवादीले १५, मधेसी मोर्चाले ५, नयाँ शक्तिले ३, राप्रपाले ४, माओवादी क्रान्तिकारीले १ भोट रहेको दावि गरेका छन् । स्रोतकाअनुसार एमालेसँग ११, कांग्रेससँग ११, माओवादीसँग १३, संघीयसँग १०, राप्रपासँग ३, नयाँ शक्तिसँग १, मधेसी गठबन्धनसँग ३ भोट रहेको छ । ५६ मध्ये बाँकी ४ भोट भने खुल्न बाँकी छ । महासंघको निर्वाचनमा विजय हुन २९ भोट लिनुपर्ने हुन्छ । स्रोतकाअनुसार कांग्रेस र एमाले मिलेमा पनि माओवादी, संघीय, मधेसी मोर्चा, नयाँ शक्ति, राप्रपा मिल्दा उक्त गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना देखिएको छ । सबै पार्टीबाट अध्यक्षको उम्मेदवारीको दावि देखिए पनि गठबन्धनले मूर्त रुप नलिईसकेकोले कसैको पनि उम्मेदवारी टुंगिएको छैन । पहिचान पक्षधर भनिएको गठबन्धनबाट माओवादीका ङवाङ सोनाम शेर्पा र संघीयका नित्यानन्द शेर्पाले अध्यक्षको दावि गरेका छन् । यसैगरी कांग्रेसबाट वर्तमान कोषाध्यक्ष जगत बरामको अध्यक्षमा दावि छ । एमालेबाट सर्वधन राई र सूर्यबहादुर भुजेलले उम्मेदवारी घोषणा गरेका छन् । दुवै जनाको सशक्त दावि हुँदै एमालेलाई अध्यक्षको उम्मेदवार टुंग्याउन गाह्रो परेको छ । दुवैले आफूलाई पार्टीले अध्यक्षको टिकट नदिए बागी उठ्ने घोषणा गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending