Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेपाल जेसीजको चुनावमा धाँधली भएको भन्दै काठमाडौं जिल्ला प्रशासनमा उजुरी

काठमाडौं, ७ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार र सपथ ग्रहण नगराउन निर्देशन दिएको छ । अध्यक्षका उम्मेदवार विष्णु बरालले निर्वाचनमा धाँधली भएकोमा छानबिनको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो । प्रशासन कार्यालयले ४३ औं महाधिवेशनका निर्वाचन आयुक्तलाइ निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरु सहित उपस्थित हुन समेत आदेश दिएको छ । निर्वाचनमा फर्जी मत खसालेर अध्यक्षका अर्का उम्मेद्बार प्रकाश अधिकारीलाई जबरजस्ती विजयी घोषणा गरिएको भन्दै सत्य तथ्य छानबिन गरी दोषीहरुलाई कडा कारवाही गर्न अध्यक्षका अर्का उम्मेदवार विष्णु बरालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । बराललले उक्त निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै आफूले उम्मेद्वार तथा उम्मेद्वारको प्रतिनिधिको स्वीकृति बिना निर्वाचनको मतपरिणाम नै सार्वजनिक नै नगराईदिन तथा सम्पूर्ण कागज एवम् मतपत्र सुरक्षित राखिदिनको लागि जिल्ला प्रशासन काठमाडौंमा समेत बोधार्थ गरि निवेदन दर्ता गराएको बताए । अध्यक्षका उम्मेदवार बरालका अनुसार १ हजार ३ सय ५० मतपत्र जारी गरिएको थियो तर त्यसमा ८५ मतपत्र फिर्ता आएको थियो । जसमा कुल १ हजार २ सय ३५ मत मतदान भएको भनि मुचुल्का समेत भएको तर मतगणना गर्दा १ हजार २ सय ८४ मतगणना भएको देखिएकोले ४९ मत कहाँबाट घुसाइयो त्यसको स्रोत के हो भन्दै निर्वाचनमा षड्यन्त्र तथा धाँधली भएको बरालको आरोप छ । नेपाल जेसीजनको ४३ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २५ गतेदेखि २९ गतेसम्म धापासीमा भएको थियो । बर्ष २०१५ का राष्ट्रिय अध्यक्ष बनेका जगत पोखरेलले नक्कली नागरिता पेश गरी उमेर ढाटेको प्रमाणित भएपछि गतबर्ष उनलाई अध्यक्ष पदबाट बर्खास्त गरिएको थियो भने नेपाल जेसीज जेसीआइको अन्तराष्ट्रिय कार्वाहीमा परेको थियो । यदपी कार्वाही अझै फुकुवा भएको छैन । जेसीजमा १८ देखि ४० बर्षभित्र उमेरका ब्यक्ति मात्र सदस्य रहन पाउने प्रावधान छ ।   \"\"       \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending